नेपाल रेड्क्रस सोसाइटी हसन्दह उपशाखाले खुला रक्तदान आयोजना गर्दै
नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालन हुने रक्तदान कार्यक्रममा हसन्दह स्वास्थ्य चौकीको समन्वय एवम् पथरीशनिश्चरे नगरपालिका वडा नं. ५ र ६ को आर्थिक सहयोग रहने नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखाका सभापति भोलानाथ घिमिरेले बताए ।
विगतमा पटक–पटक उत्कृष्ट उपशाखाको रूपमा पुरस्कृत हसन्दह उपशाखाले हरेक वर्ष खुला रक्तदान गर्दै आएको छ । साथै, रगत आवश्यक भएका बिरामीहरूलाई निःशुल्क रगत उपलब्ध गराउन शिफारिस तथा सहजीकरण गर्दै आइरहेको छ ।
“मानव सेवाको भावनाले वर्षेनि खुला रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छौँ,” हसन्दह उपशाखाका सचिव लक्ष्मीप्रसाद सुवेदीले बताए । उनले आगामी शुक्रवार बिहान ११ बजेबाट सञ्चालन हुने रक्तदान कार्यक्रमबारे प्रचारप्रसार गर्दै धेरै भन्दा धेरै रक्तदाताहरुलाई सहभागी हुने वातावरण निर्माण गर्न सहयोग गरिदिन सम्पुर्ण वडावासि तथा सरोकारवालालाई आव्हान समेत गरेका छन् ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !