पथरीशनिश्चरे वडा नं ६ मा क्षयरोग मुक्त अभियान
पथरी शनिश्चरे नगरपालिकाको वडा नं ६ मा क्षयरोग मुक्त अभियान शुरु भएको छ ।
नगरको स्वास्थ शाखाले आईतवार र सोमबार हसन्दहस्थित वडा कार्यालयको सभाहलमा दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरि क्षयरोग मुक्त अभियान शुरु गरेको हो ।
नगरलाई क्षयरोग मुक्त घोषणा गर्ने कार्यक्रम अन्तर्गत वडा स्तरीय समिति समेत गठन गरिएको छ । वडाका जनप्रतिनिधिहरु , महिला स्वास्थ स्वयंसेविका , विद्यालय तथा संघसंस्थाका प्रतिनिधिहरु , सञ्चारकर्मी एवम् समाजसेवीहरुको उपस्थितिमा वडास्तरिय समिति गठन गरिएको हो ।
वडा नं ६ का अध्यक्ष कृष्ण कुमार बस्नेतको अध्यक्षता रहेको समितिमा आधारभुत स्वास्थ केन्द्रका प्रमुख चन्द्रबहादुर राजवंशी सदस्यसचिव रहेका छन् भने सदस्यहरुमा विष्णु कुमार लिम्बु , विजय मण्डल , शान्ता थापा , उज्वलता बयलकोटि , बद्री कुमार निरौला , तारानिधि सापकोटा , रामकुमार परियार , कलादेवि अधिकारी , रमला घिमिरे , धनकुमारि तामाङ , अम्बिका घिमिरे , राधिका थापा , केदार थापा , गोविन्द लिम्बु , देवेन्द्र कुमार ढकाल , धर्मेन्द्र कुमार राजवंशी रहेका छन् ।
कार्यक्रममा नगरपालिकाको स्वास्थ शाखा अन्तर्गत क्षयरोग मुक्त अभियानका संयोजक मुकेश पौडेलले सहजीकरण गरेका थिए । पौडेलले समितिका सदस्यहरूलाई अभियानको कार्यान्वयन रणनीतिबारे जानकारी गराएका थिए । कार्यक्रममा वडा स्तरीय समितिले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरुको योजना समेत निर्माण गरिएको छ ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !