परियार सेवा समाजले आयोजना गर्ने वनभोज तथा अन्तरक्रियाको तयारी अन्तिम चरणमा

परियार सेवा समाज कोशी प्रदेशले आगामी फाल्गुन ३ गते मोरङको बेलबारिस्थित बेतना सिमसारमा आयोजना गर्ने प्रदेशस्तरिय वनभोज तथा अन्तरक्रिया कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
'देश भरका परियारहरु एक हौं' भन्ने नारा सहित परियार समुदायलाई एकतावद्द गरि हकहितको रक्षाका लागि क्रियाशिल समाजले कोशी प्रदेशका १४ वटै जिल्लाबाट आफ्नो समुदायका सदस्यहरुलाई आमन्त्रण गरि वनभोज र अन्तरक्रिया गर्न लागेको हो ।
जिल्ला कार्यसमिति मोरङको स्थानीय व्यवस्थापन रहने कार्यक्रमको तयारीका लागि कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष पदम दर्नालको संयोजकत्वमा वनभोज व्यवस्थापन समिति समेत गठन गरिएको छ । उक्त समितिले वनभोज तथा अन्तरक्रिया कार्यक्रमको तयारीका लागि काम गरिरहेको कोशी प्रदेशका सचिव विनोद दर्नालले जानकारी दिए । वनभोजमा सहभागी हुन समाजले परियार समुदायबाट समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरुलाई निमन्त्रणा पत्र पठाउने कार्य भईरहेको दर्नालले बताए ।
वनभोज व्यवस्थापन समितिका सदस्यहरु पवित्रा कार्किढोलि , विनोद दर्नाल , गणेश बहादुर परियार , अनिता परियार , रोशन नेपाली , गोपाल भित्रीकोटि , कमल कार्किढोलि लगायतले आ-आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिरहेकोले कार्यक्रम भव्य हुने बताईएको छ ।

पुर्वको आकर्षक पर्यटकीय स्थलको रूपमा रहेको बेतना सिमसारमा आयोजना हुने वनभोजको व्यवस्थापकिय खर्च जुटाउन प्रतिव्यक्ति रु ५०० संकलन गरिने समाजले जनाएको छ । उक्त रकम समाजले ब्यानरमा सार्वजनिक गरेको QR मार्फत जम्मा गर्न आग्रह समेत गरिएको छ ।

कार्यक्रममा परियार सेवा समाजका केन्द्रिय पदाधिकारीहरु समेत सहभागी हुने जानकारी दिईएको छ । 

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.