युवा समाजसेवी विनोद कार्कीद्वारा धिमाल महिला समुहलाई हातेतान प्रदान

राजनीति संगै समाजसेवा गरेर जनताको मन जित्दै आएका मोरङ पथरीशनिश्चरे ६ का युवा व्यवसायी विनोद कार्कीले भातेगौंडास्थित धिमाल बस्तिमा ३ थान हातेतान प्रदान गरेका छन् ।
धिमाल समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाई स्वावलम्बि बन्न सहयोग पुगोस भन्ने भावनाले कार्कीले आईतबार पथरीशनिश्चरे वडा नं ६ भातेगौंडास्थित धिमाल बस्तिमै पुगेर ७५ हजार रुपैयाँ बराबरको हातेतान निशुल्क प्रदान गरेका हुन ।
प्रदेशसभा निर्वाचन २०७९ मा नेपाली काङ्ग्रेसबाट मोरङ क्षेत्र नं २ (ख) का उम्मेदवार समेत रहेका कार्कीले भातेगौंडास्थित धिमाल सामुदायिक संस्थाको परिसरमा आयोजित एक कार्यक्रमका बिच हातेथान प्रदान गरेका हुन ।
हातेतान हस्तान्तरण गर्न आयोजित कार्यक्रममा स्थानीय समाजसेवी एवम् राजनीतिज्ञ बद्रीकुमार निरौलाले निस्वार्थ रुपले बिना पुर्वाग्रह हातेतान उपलब्ध गराएको भन्दै दाता विनोद कार्कीलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा बोल्दै दाता विनोद कार्कीले आफ्नै ठाउँका दिदिबहिनीहरुलाई आत्मनिर्भर बन्न सानो सहयोग गर्न पाउँदा आफैलाई भाग्यमानी महसुस गरेको बताए । उनले कुनैपनि किसिमको समस्या वा कुनै चिजको आवश्यकता भए निसन्देह आफुलाई बताउन आग्रह समेत गरे । आफ्नो ठाउँको विकास र समृद्धिका लागि सहयोग गर्न आफु हमेसा तयार रहेको कार्कीको भनाई थियो ।
कार्यक्रममा हातेतान बुझ्दै धिमाल महिला पेटानि उद्योगकि  अध्यक्ष  टिका धिमालले कार्कीलाई धन्यवाद व्यक्त गरेकी थिईन । उक्त  कार्यक्रममा स्थानीय समाजसेवीहरु ज्ञानबहादुर बस्नेत , बद्रीकुमार निरौला , केबि गुरुङ , सन्तोष कटुवाल , मिनाकुमारि वर्मा , रोशन थापा , गोविन्द लिम्बु , ईश्वर भट्टराई , अनिल राई , देवराज कार्की , अर्जुन कार्की , मानबहादुर कार्कीढोलि , छविलाल शर्मा , रामकुमार चौधरी , गंगा धिमाल , कमल बुढाथोकी सहित जनप्रतिनिधिहरु लोककिरण न्यौपाने र शान्ता थापा लगायतको उपस्थिति रहेको थियो ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.