परियार सेवा समाजले परियार समुदायका जनप्रतिनिधिहरुलाई सम्मान गर्ने

परियार सेवा समाज कोशी प्रदेशले परियार समुदायबाट निर्वाचित जनप्रतिनिधिहरु सहित विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने परियार समुदायका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।

परियार सेवा समाज कोशी प्रदेशको आज विराटचोकमा सम्पन्न बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहहरुमा निर्वाचित परियार समुदायका जनप्रतिनिधिहरु र विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने परियार समुदायका व्यक्तिहरुलाई सम्मानपत्र सहित सम्मान गर्ने भएको हो ।

समाजका वरिष्ठ उपाध्यक्ष पदम दर्नालको अध्यक्षतामा आज (पौष २७ गते) बसेको बैठकले आगामी फाल्गुन ३ गते मोरङको बेलबारिस्थित बेतना सिमसार क्षेत्रमा प्रदेशस्तरिय पारिवारिक वनभोज आयोजना गरि सोहि अवसरमा जनप्रतिनिधि र विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्ने निर्णय गरेको समाजका प्रदेश सदस्य रोशन नेपालीले बताए ।

बैठकले वरिष्ठ उपाध्यक्ष पदम दर्नालको संयोजकत्वमा ९ सदस्यीय वनभोज व्यवस्थापन समिति समेत गठन गरेको छ । जसमा पवित्रा कार्किढोलि , विनोद दर्नाल , गणेश बहादुर परियार , अनिता परियार , रोशन नेपाली , गोपाल भित्रीकोटि , कमल कार्किढोलि र रामकुमार परियार सदस्य रहेका छन् । यो समितिले आगामी बिहिवार बेतनामा बैठक बसि वनभोज व्यवस्थापन बारे थप निर्णयहरु गर्ने बताईएको छ ।

समाजका केन्द्रिय सचिव सुमन सिंह परियारको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले अघिल्लो बैठकले मनोयन गरेका प्रदेश सदस्यहरु एवम् प्रवक्तालाई मनोनीत गरिएको आधिकारिक पत्र दिने निर्णय समेत गरेको छ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.