कांग्रेसमा जनसम्पर्क समिति सदस्य र प्रतिनिधि बन्न नयाँ व्यवस्था

सोमबार बसेको नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले कांग्रेसमा जनसम्पर्क समिति सदस्य र प्रतिनिधि बन्न नयाँ व्यवस्था गरेको छ ।

▪️अबदेखि दुई किसिमको सदस्यता हुने ।

१. क्रियाशिल सदस्य ।
२. जनसम्पर्क समितिको सदस्य ।

जनसम्पर्क समिति अध्यक्ष, पदाधिकारी वा सदस्य चयन गर्दा दुवै प्रकृतिको सदस्यता अनिवार्य गरिएको छ ।

▪️गैरआवासीय नेपालीले जनसम्पर्क समितिको मात्रै सदस्यता पाउने । उनीहरूलाई पार्टीको क्रियाशील सदस्यता प्रदान नगरिने ।

▪️गैर आवासीय नेपाली कांग्रेसको जनसम्पर्क समिति सदस्य, पदाधिकारी हुन पाउने तर महाधिवेशन र महासमिति प्रतिनिधि हुन नपाउने ।

▪️कम्तीमा एक सय जना क्रियाशील सदस्य र जनसम्पर्क सदस्य रहेका देशबाट महाधिवेशन र महासमिति प्रतिनिधि १/१ जना हुने ।

▪️पाँच सयभन्दा बढी रहेको देशबाट सात जना महाधिवेशन प्रतिनिधि र तीन जना महासमिति बैठकमा सहभागी हुन पाउने ।

▪️दुई हजार वा उक्त संख्याभन्दा बढी क्रियाशील र जनसम्पर्क समिति सदस्य भएका देशबाट महाधिवेशनमा १४ र महासमिति बैठकमा ६ जना सहभागी हुन पाउने ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.