परियार सेवा समाज कोशी प्रदेश सम्मेलन शुरु

देशैभरिका परियारहरुलाई एकताबद्द गरि कला, सीप र व्यवसाय प्रवर्धनमा काम गर्दै आएको सामाजिक संस्था परियार सेवा समाजको कोशि प्रदेश सम्मेलन आज सुनसरीको ईटहरीमा शुरु भएको छ ।
ईटहरी ५ स्थित गंगाजमुना होटलमा आज शुरु भएको सम्मेलन संविधानसभा सदस्य अनिता परियारले उद्घाटन गर्नु भयो ।
सम्मेलनमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट २०० बढी प्रतिनिधि सहभागी भएका छन् । सम्मेलन भोलि सकिंदैछ ।
भोलिको कार्यक्रममा दलित अगुवा पुर्व राजदुत पदम सुन्दासको प्रमुख आतिथ्य रहने आयोजकले जानकारी दिएको छ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.