परियार सेवा समाज कोशी प्रदेश सम्मेलनको सम्पुर्ण तयारी पुरा
भोलि (शनिबार) देखि सुनसरीको ईटहरीमा शुरु हुने परियार सेवा समाज कोशी प्रदेशको प्रथम सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको छ ।
मंसिर १ र २ गते ईटहरीको गंगा जमुना होटलमा सम्पन्न हुने सम्मेलनको प्रचारप्रसार एवम् व्यवस्थापकिय पक्षको तयारी पूरा भएको समाजका केन्द्रिय सचीव सुमन सिंह परियारले जानकारी दिए ।
कोशी प्रदेशका १४ वटै जिल्लाका प्रदेश प्रतिनिधिहरु , केन्द्रिय पदाधिकारी तथा सदस्यहरु , जिल्ला समितिका पदाधिकारी , परियार समुदायबाट निर्वाचित संघ , प्रदेश तथा स्थानीय पालिकाका जनप्रतिनिधि तथा शुभचिन्तकहरु सम्मेलनमा सहभागी हुने सचिव परियारले बताए ।
समाजको कोशी प्रदेश तदर्थ समितिको आयोजनामा सुनसरीको ईटहरीमा प्रदेश सम्मेलन आयोजना हुन लागेको हो । कोशी प्रदेश सम्मेलन सम्पन्न गर्न केन्द्रले केन्द्रिय सचिव सुमन सिंह परियारलाई प्रतिनिधिका रूपमा खटाएको छ भने प्रमुख अतिथिका रूपमा संस्थापक कोषाध्यक्ष एवम् पुर्व राजदुत पदम सुन्दास सहभागी हुँदैछन । सम्मेलनमा सहभागी हुन समाजका केन्द्रिय उपाध्यक्ष धर्म परियार र केन्द्रिय सल्लाहकार डि.बि परियार बिहिवार साँझ सुनसरी आईपुगेका छन् भने अन्य पदाधिकारीहरु आउने क्रममा रहेको बताईएको छ ।
२०५२ सालमा स्थापित समाजको पाँचौ राष्ट्रिय सम्मेलन गत असोज ५ र ६ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले अवकाशप्राप्त मेजर बलबहादुर सुन्दासको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको थियो ।
काठमाडौंमा केन्द्रिय कार्यालय रहेको समाजले देशैभरिका परियारहरुलाई एकताबद्द गरि कला, सीप र व्यवसाय प्रवर्धनमा काम गर्दै आएको छ ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !