दुबई सहित टेक्सास र क्यालिफोर्नियामा कन्सुलर खोल्ने सरकारको निर्णय

सरकारले युएईको दुबई सहित अमेरिकाको टेक्सास र क्यालिफोर्निया राज्यमा कन्सुलर खोल्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलि र परराष्ट्रमन्त्री आरजु राणा अमेरिका भ्रमणबाट फर्के लगत्तै सरकारले दुबई सहित अमेरिकाको टेक्सास र क्यालिफोर्निया राज्यमा कन्सुलर खोल्ने निर्णय गरेको हो ।
अमेरिका भ्रमणमा रहेका बेला त्यहाँका नेपालीहरुले कन्सुलर कार्यालयको आवश्यकता बोध गराउँदै कन्सुलर खोल्न माग राखेका थिए । लामो समयदेखि दुबई सहित टेक्सास र क्यालिफोर्नियामा प्रवाशी नेपाली मञ्च र नेपाली जनसम्पर्क  समितिले कन्सुलर खोल्न माग गर्दै आएका थिए ।

स्वदेश फर्केपछि सो मागअनुसार मन्त्रिपरिषद बैठकबाट अमेरिकाको टेक्सस र क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार मन्त्रिपरिषद बैठकले अमेरिकाको टेक्सस, क्यालिफोर्नियासहित दुबइमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.