युएईमा 'नेपाल आईडल विथ स्टेण्डअप कमेडी' को सम्पुर्ण तयारी पुरा

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा युएईमा हुन लागेको 'नेपाल आईडल विथ स्टेण्डअप कमेडी' को सम्पुर्ण तयारी पूरा भएको छ ।

कार्यक्रमको तयारी पूरा भएसंगै कलाकारहरु युएई प्रस्थान गरिसकेको आयोजक ईनास युएईका अध्यक्ष एमडि बोहराले जानकारी दिए । 

आगामी शनिबार र आईतवार (अगष्ट ३ र ४ तारिख) अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोईराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिंदैछन ।
शनिबार अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा आयोजना हुने कार्यक्रमलाई नेपाल ड्युड्स र द जात्रा ईभेन्टसले व्यवस्थापन गरिरहेको छ भने आईतबार बरदुबईस्थित क्लब एसके सेभेनमा आयोजना हुने कार्यक्रम सफल बनाउन अन्नपूर्ण टाईपिङ , एनआरएनए युएई , ग्लोबल एनआरएनए , नेपाली समाज , तमु समाज , नमस्ते ट्राभल्स लगायत २८ बढी संघसंस्थाले सहयोग गर्दैछन । 

यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलोपटक युएईमा प्रस्तुति दिन लागेका हुन । चर्चित कमेडियन सुमन कोईराला (दले दाई) को भने युएईमा यो दोस्रो कार्यक्रम हो । उनले यसअघि ईनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् ।

शनिबार अबुधाबीमा हुने कार्यक्रमलाई माउन्ट ८८४८ रेष्टुरेन्ट , बिबिटी रेष्टुरेन्ट , भान्साघर रेष्टुरेन्ट , गृन स्काई ट्राभल्स लगायतले प्रायोजन गरेका छन् ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.