पथरीशनिश्चरे ६ मा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

पथरीशनिश्चरे नगरपालिका वडा नं ६ को सहयोग तथा मारुती मिडिया प्रालिको आयोजनामा ३ दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।

हसन्दहको भातेगौंडास्थित धिमाल सामुदायिक भवनमा असार ४ देखि ६ सम्म सञ्चालित ३ दिने तालिममा वडा नं ६ का ३० जना सहभागी भएका थिए । उक्त तालिममा स्थानीय संघसंस्थाका प्रतिनिधि र रामजानकी आधारभुत विध्यालयका मधेसी समुदायका विद्यार्थीहरु सहभागी भएका थिए ।
मधेसी समुदायलाई लक्षित गरि सञ्चालन गरिएको तालिममा सञ्चारकर्मीहरु गोपालप्रसाद पोखरेल र रामकुमार परियारले सहजीकरण गरेका थिए ।

तालिमको समापन सत्रमा वडा अध्यक्ष कृष्णकुमार बस्नेत , वडा सदस्यहरु बिष्णुकुमार लिम्बू , शान्ता थापा , मारुती मिडिया प्रालिका अध्यक्ष विरेन्द्र कुमार शाह , रामजानकी आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशप्रसाद गुप्ता , सञ्चारकर्मी पुर्ण बहादुर दहाल लगायत उपस्थित भएका थिए ।
मारुती मिडिया प्रालिका प्रतिनिधि सन्तोष बाँस्तोलाको सभापतित्वमा सञ्चालित तालिमको  समापन कार्यक्रममा वडा अध्यक्ष कृष्णकुमार बस्नेत , वडा सदस्यहरु विष्णु कुमार लिम्बू , शान्ता थापा , राजेश प्रसाद गुप्ता लगायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्ण कुमार बस्नेतले यस्ता कार्यक्रमहरुले सहभागीहरुको व्यक्तित्व विकासमा अहम भुमिका खेल्ने बताए । उनले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । यसैगरी वडा सदस्य विष्णुकुमार लिम्बुले सफलतापुर्वक तालिम समापन गरेकोमा आयोजक मारुती मिडिया प्रालिलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताए ।


No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.