पथरीशनिश्चरे वडा नं ६ ले व्यापक जनसहभागितामा सम्पन्न गर्‍यो योजना तर्जुमा कार्यक्रम

मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नं ६ ले एक कार्यक्रमको आयोजना गरि आगामी आर्थिक वर्ष २०८१/०८२ मा संचालन गर्ने योजना तथा कार्यक्रमहरु बारे छलफल गरेको छ ।

हसन्दह बजारस्थित वडा नं ६ को कार्यालय परिसरमा आईतबार आयोजित छलफल कार्यक्रममा साविक हसन्दह गाविसको वडा नं ४ ,६ , ७ र ८ का सेवाग्राही र सरोकारवालाहरु उपस्थित भएका थिए ।

कार्यक्रममा वडा नं ६ मा क्रियाशिल राजनीतिक दल , संघसंस्था , सामुदायिक विद्यालय , सहकारी , उपभोक्ता समिती , कृषक एवम् स्वास्थ संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । विभिन्न वडामा रहेका संघसंस्था एवम् टोलबस्तिका प्रतिनिधिहरुले आ. व २०८१/०८२ मा आयोजना गर्ने योजना तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

छलफल कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष कृष्ण कुमार बस्नेतले चालू आ.व २०८०/०८१ मा सम्पादन गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए भने वडा सदस्य विष्णु कुमार लिम्बुले आगामी आ.व मा सञ्चालन गरिने योजना तथा कार्यक्रमहरुको परिधी र स्वरुपका बारेमा प्रकाश पारेका थिए ।
  

वडा सचिव तारानिधी सापकोटाले सञ्चालन गरेको कार्यक्रममा स्थानीय अगुवा समाजसेवीहरु ज्ञानबहादुर बस्नेत , पर्शुराम कटुवाल , निर्मल कटुवाल , काजिमान थापा लगायतले आगामी आर्थिक वर्षमा समेट्नुपर्ने योजना तथा कार्यक्रमहरुका बारेमा बोलेका थिए ।

कार्यक्रममा वडाध्यक्ष कृष्ण कुमार बस्नेतले जनताबाट प्राप्त योजना तथा प्रस्तावहरुलाई आवश्यकता र प्राथमिकताका आधारमा छनौट गरि आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रममा समेटिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.