पथरीशनिश्चरेमा अनुदानमा धानको बीउ वितरण गरिंदै

पथरीशनिश्चरे नगरपालिका वडा नं ६ को वडा कार्यालयले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको छ ।

वडा कार्यालयले आईतबार कृषकहरुलाई ५० प्रति अनुदानमा प्रतिकेजी ४४ रुपैयाँका दरले रन्जित धानको बीउ वितरण गरेको हो । 

कृषि बिउ विजन वितरण कार्यक्रम अन्तर्गत वडाबाट अनुदानमा उन्नत प्रजातिको धान वितरण गरिएको वडा नं ६ का वडा सदस्य विजय मण्डलले जानकारी दिए ।
हसन्दह बजार स्थित वडा नं ६ को वडा कार्यालयबाट कृषकहरुलाई धानको बिउ वितरण गरिएको थियो । वडा सदस्यहरु विष्णु लिम्बू , विजय मण्डल , उज्वलता  बयलकोटी , शान्ता थापा लगायतको उपस्थितिमा धानको बिउ वितरण गरिएको थियो ।

यसपटक वडा नं ६ मा ४ सय ५० केजि धानको बीउ वितरण गरिने बताईएको छ । जसका लागि वडाले गएको बैशाख ३१ गते सार्वजनिक सुचना जारी गरि कृषकहरुबाट निवेदन माग गरेको थिए ।

बिउ प्राप्तिका लागि निवेदन दिने कृषकहरु मध्येबाट आईतबार करिब १ सय जना कृषकलाई धानको बीउ वितरण गरिएको वडा सदस्य विष्णु लिम्बूले जानकारी दिए । बाँकी कृषकहरुलाई सोमबार धानको बीउ वितरण गरिने लिम्बुले बताए । 
साना किसान कृषि सहकारी संस्था हसन्दहले पनि वडा नं ५ र ६ का कृषकहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ बितरण गर्ने भएको छ । जसका लागि सोमबार (आज) कार्यालयमा सम्पर्क गरि नाम टिपाउन सहकारीले कृषकहरुलाई आग्रह गरेको छ ।

यसैगरी वडा नं ५ मा समेत कृषि औजार वितरण कार्यक्रम अन्तर्गत मकै गोड्ने औजार वितरण गरिने वडाध्यक्ष चेतेन्द्र खड्काले जानकारी दिएका छन् ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.