अन्तरजातीय बिहेका कारण परिवारै गाउँनिकाला
जाजरकोट , फाल्गुन ३, २०७२ ।
दलितले ठकुरीकी छोरी बिहे गरेपछि स्थानीय बासिन्दाले दम्पतीलाई गाउँनिकाला गरेका छन् । गर्खाकोट ३ का गणेश चँदारा र ज्योति शाह चार महिनाअघि गाउँनिकाला भएका हुन् ।
दलितले ठकुरीकी छोरी बिहे गरेपछि स्थानीय बासिन्दाले दम्पतीलाई गाउँनिकाला गरेका छन् । गर्खाकोट ३ का गणेश चँदारा र ज्योति शाह चार महिनाअघि गाउँनिकाला भएका हुन् ।
गाउँमा बस्न नपाउने मात्र होइन, उक्त जोडीले आगामी वैशाखमा हुने कक्षा १२ को वार्षिक परीक्षासमेत दिन नपाउने भएका छन् । घरबास रहेको गाउँ प्रवेश नगर्न माइती पक्षले चेतावनी दिएपछि उनीहरू चिन्तित छन् ।
अन्तरजातीय बिहेका कारण घरमा बस्न नपाएका उनीहरू गत कात्तिकदेखि सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन् । गत कात्तिक ९ मा उनीहरूले भागेर विवाह गरेका थिए । शाहका माइती पक्षबाट आक्रमण प्रयास भएपछि ज्यान जोगाउन भागेर खलंगा आएको उनले बताए । ज्यानकै जोखिम भएपछि सुरक्षाका लागि सदरमुकाम आएको उनको भनाइ छ ।
बिहेका कारण गणेश र ज्योति मात्र होइन, उनका बाबु कमारो, बहिनी यमुना, दाइ राजेश, भाउजू कल्पना र भतिज निश्चलसमेत सदरमुकाममै विस्थापित जीवन बिताइरहेका छन् । ८ कक्षामा पढ्दादेखि नै प्रेममा परेका उनीहरूले २०६७ मा भागेर कैलालीको धनगढीमा दुई महिना लुकेर बसेका थिए ।
घर फर्केलगत्तै ठकुरीकी छोरीले दलितका छोरासँग बिहे गरेको भन्दै बुबा उत्तमकुमार शाहले ज्योतिलाई फिर्ता गरे । ज्यान मार्ने धम्की दिँदै उनलाई कुटपिटसमेत गरिएको थियो । त्यसपछि उत्तमले छोरीको जबरजस्ती अर्को युवासँग विवाह गरिदिए । तर, ज्योतिले उक्त विवाहलाई अस्वीकार गरिन् । ‘चार वर्षसम्म माइतीमै बस्दै आएकी थिइन् । हाम्रो प्रेम टुटेको थिएन,’ गणेशले भने, कात्तिक ९ गते पुन: दोस्रोपटक भागेर बिहे गरेका हौं ।
गणेशसँग बिहे गर्दा पहिलोपटक शारीरिक यातना पाएकी ज्योति माइतीको सम्पर्कबाट टाढा छिन् । ‘मलाई जातभातको कुनै मतलब छैन । सानैदेखिको प्रेम हो । त्यसैले म कुनै पनि हालतमा गणेशसँग छुट्टिएर बस्न सक्दिनँ,’ ज्योतिले भनिन् ।
विवाहपछि माइती पक्षले गाउँबाट लखेटेका कारण आफ्नो कक्षा १२ को पढाइ बीचमै छुटेको उनले बताइन् । परीक्षा दिनसमेत नपाउने अवस्था आउन लागेकामा उनी चिन्तित छिन् ।
त्यस्तै गणेशका दाइ राजेशले विद्यालयमा हाजिर हुनसमेत नपाएको गुनासो गरे । शाहका माइती पक्षको ज्यान मार्ने धम्कीका कारण उनले विद्यालय जान नपाएका हुन् । राजेश गाउँकै मस्टा प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् ।
ज्योति र गणेशले अन्तरजातीय विवाह गरेपछि गाउँका सबै ठकुरी र उनीहरूका नातेदारले चँदारा परिवारलाई गाउँनिकाला गर्ने र गाउँ प्रवेश गरे भौतिक आक्रमण गर्ने धम्की दिएको स्थानीय हिक्मत विकले बताए । स्थानीय प्रशासन, राजनीतिक दल, मानव अधिकारवादी र सञ्चारकर्मीसँग जीवनरक्षाको आग्रह गरे पनि समस्या समाधान नभएको पीडित हिक्मतले बताए ।
- साभार कान्तिपुर
- साभार कान्तिपुर
मान्छेलाई मान्छेले छुवाछुत अथवा छुत र अछुतको व्यबहारले सबैभन्दा बढी सताएको देश नेपाल हो । अरु त्यस्ता मुलुक पनि छन् । जो विश्वको महाशक्तिशाली राष्ट्रमा गनिइने अमेरिका त्यहाँ पनि भेदभाव थियो र अहिले ठूलो प्रजातन्त्रवादी राष्ट्र भनिए पनि भारतमा छुत र अछुत बीचको संघर्ष जारी छ । यद्यपी राज्यले केही आरक्षणको बन्दोबस्त गरेर लोभलालचामा अलमल्याएको होला तर मान्छेले मान्छेलाई जातजातीको आधारमा हेप्ने चलन मासिएको छैन् । जरै समेत उखेलेर फाल्ने आन्दोलन पनि भएको छैन । छुवाछुतको समस्या मान्छेले सृजना गरेको हो । यसलाई मान्छेले नै समाधान गर्नु पर्छ । मानिसको मन भित्रबाट यो कुभावना हट्नु पर्छ । यस्तो कुभावना भएका मानिसको मनस्थिती नै परिवर्तन हुनु पर्छ । तर किन मनस्थिती परिवर्तन हुँदैन ? परिवर्तन हुन के ले रोकेको छ ? यो बारेमा कुनै बहस विमर्श जरुरी
ReplyDeleteछैन् । यस्ता मानिसले नेपालको सन्दर्भमा हिन्दु धर्मको पक्षपोषण गरेका छन् । हिन्दु धर्मको मुहान मनुस्मिृती हो । त्यसमा के लेखिएको छ ? सबैलाई थाहा भएको विषय हो । मान्छे मान्छेबीच विभेदको पर्खाल खडा गरि त्यो शास्त्रको रुपमा स्थापित छ । यसर्थ त्यो मानवताबिरोधी मनुवाद मुर्दावाद गर्नु पर्छ । विभेदकारी मनुस्मृती जलाएर नष्ट गर्नु पर्छ ।
हिन्दुधर्मको दर्शनलाई ठीक तरिकाले ब्याख्या गर्नुको सटा त्यसको दर्शनको दुरुपयोग गर्ने चण्डालहरु कुसंस्कारका मतियार हुन । यिनीहरु समाज भँडुवा हुन । यसता भाँडहरुले नेपालीदाजुभाईबीच बैमनस्यता
पैदा गरेका छन । सामाजिक सद्भाव खलबल्याएका छन । राष्ट्रिय भावनामा कुठाराघात गराई एकतामा अनेकता श्रृजना गराउन टुप्पी देखि पैताला सम्मको बल लगाई रहेका छन । यस्ताहरुलाई देशद्रोही
घोषणा गर्नु पर्छ । पहिला देखिनै सामन्तवादको चरित्रलाई पक्षपोषण गर्दै सेवालाई ब्यबसायिक बनाएर मालिक रिझाउँने र व्यक्तिगत फाईदा लिने र अरुलाई खसाल्ने कुरामा सिपालु चण्डालहरुले सत्ताको आडमा आफूलाई स्वघोषित ब्रह्मण भन्ने कुहल्ला गरे । त्यसको कुप्रचारले सोझासिधा निमूखा गरिव श्रमजीवीहरुलाई प्रभाव पार्दै गयो । वर्ग बिभाजनसंगै स्वार्थ जन्मदै गयो । स्वार्थीहरुको भीड लाग्यो । तिनीहरुले सत्ताको चाकडी गर्दै रहे । शासकले चाकडीवाजहरुको रक्षा गर्न निरिह र निमुखालाई निषेद गर्ने आफ्नो समान्ती चलनलाई मजवुत पार्दै गए । साधनश्रोतको व्यवस्थित लुटपाटकोलागि आफ्नो हितअनुकुल कानून बनाएर अचाक्ली मच्याउन थाले । त्यो राजामहाराजा हुँदै अहिले लोकतन्त्रान्त्रिक वा गणतान्त्रिक भनिएका नेताहरुमापनि त्यस्तै भूत जाग्यो । साशन सत्तामा हुनेहरुले अरुलाई हेप्ने पुरानै चलन अहिले झन विकसित हुँदैछ । हेप्ने वर्गलाई हेपिएका वर्गले संयुक्त रुपमा निषेधको आन्दोलन गर्नु पर्छ । त्यो आन्दोलनको मुहान कहाँ छ ? पत्ता लगाउन सक्नु पर्छ । त्यसकोलागी शोषितपीडितहरु एकहुनु जरुरी छ ।