नेता जी - कविता














चल्न थाल्यो देशभक्तिका गाईगुँई कुरा अब ।
छिमेकीले धसेपछी घातैघातका छुरा जब ।।


स्वाभिमान नै दाउमा राखी , मिठा कुरा गर्थ्यौ धेरै ।
लम्पसार हात पारी , भोक - नोट भर्थ्यौ धेरै ।।


नेताजीका कुरा हुन यी , हामी जनता को नैँ हौँ र ।
बेचिन्छन नाम हाम्रा , नाङ्गिएका हामी छौँ र ।।


भयो अब कुरा नगर , भाषण सुनियो तिम्रा धेरै ।
देशभक्तिको नारा सबै , बुझियो शाषण आउँदा तिम्रै।।


चिल्ला कार चढ्ने तिमी , हिजो थोत्रे साईकल चढ्थ्यौ ।
गरिब-दुखी भेला पारी , सर्वहारा कुरा गर्थ्यौ ।।


चल्न थाल्यो देशभक्तिका गाईगुँई कुरा अब ।
छिमेकीले धसेपछी घातैघातका छुरा जब ।।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.