पत्रकार महासंघको एफएनजे अवार्डबाट परियार पुरस्कृत


११ , पुस शनिबार ।
नेपाल पत्रकार महासंघ युएईले ८ औँ वार्षिकोत्सवको अवसरमा युएईमा कृयशिल पत्रकार रामकुमार परियारलाई सक्रिय पत्रकारिता पुरस्कार एफएनजे अवार्ड - २०१५ ले पुरस्कृत गरेको छ ।

युएईको बरदुबईमा बिहिवार आयोजित पत्रकार महासंघ युएईको ८ औँ वार्षिकोत्सवमा कार्यक्रमका सभापति तथा महासंघका कार्यवाहक अध्यक्ष त्रिलोचन कोईराला , प्रमुख अतिथी तथा महासंघका केन्द्रिय प्रतिनिधि भुपराज बस्याल र विशेष अतिथिद्वय महासंघका केन्द्रिय प्रतिनिधि एकेन्द्र थापा र एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले उक्त अवार्ड प्रदान गरेका हुन ।

महासंघले युएईमा रहि कलम चलाउने सक्रिय पत्रकारहरुको कृयाशिलतालाई मुल्यांकन गर्दै वर्षेनि एकजना पत्रकारलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

दुबईको सिन्धपन्जाब रेस्टुरेन्टको कार्यक्रमहलमा आयोजित वार्षिकोत्सवमा युएईमा कार्यरत संचारकर्मी र संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्तिथि रहेको थियो ।

अवार्ड ग्रहण पश्चात् बोल्दै परियारले प्रवाशमा पत्रकारितालाई संगसंगै लैजानु चुनौतीपूर्ण भएको  बताउँदै सहकर्मी , स्थानीय सामाजिक संघसंस्था र सम्पुर्ण नेपाली समुदायको सहयोगवाट कलम चलाउन उत्साह मिलेको बताए । उनले आफ्नो योगदानलाई मुल्यांकन गर्दै पुरस्कृत गरेकोमा नेपाल पत्रकार महासंघ युएईप्रती आभार व्यक्त गरे ।

परियार करिब १० वर्ष देखि सक्रिय पत्रकारिता संगै मानव अधिकार संरक्षण र दलित समुदायको अधिकारका निम्ति समेत कृयाशिल छन ।



तस्वीरहरु : भुपराज बस्याल 


No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.