छोरीको बलात्कारीहरुलाई मृत्युदणड हुनेभएपछी पीडित दलित परिवार खुसि


कमल पन्थी/कान्तिपुर
पुस ७, २०७२- भारतमा सामूहिक बलत्कारपछि हत्या गरिएकी बर्दिया राजापुर–१० टेडीयाकी २८ वर्षिया मिना सुनारका ७ अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएपछि उनको घरपरिवारले न्याय पाएकोमा खुशि व्यक्त गरेका छन् ।


सुनारकी आमा सरुपाले भारतीय न्यायलयले छोरीका बलात्कारी र हत्यारालाई सजाय दिएर न्याय गरेकोमा खुसी भएको बताइन् । अभियुक्तलाई सजाय दिन अझै दुई महिना लाग्ने भन्ने जानकारी हरियाणाबाट सोमबार राति छोरी ज्वाई जगत सुनारले दिएको बताउँदै उनले भनिन्, ‘दोषीले कतैबाट पनि उन्मुक्ती पाउनु हुँदैन ।’

गत वर्ष माघ १८ गते मानसिक रोगको उपचार गर्न हरियाणा पुगेकी सुनारलाई एक नेपालीसहित सातजनाले बलात्कारपछि हत्या गरेका थिए । नेपाली र भारतीय अभियुक्तलाई सामूहिक बलात्कार र हत्याको कसुरमा हदै सम्मको सजायको माग राख्दै मुद्दा दायर गरिएको थियो ।

बलात्कार र हत्या संलग्न नेपाली नागरिक प्युठानका सन्तोष विकलाई भने १६ वर्षमुनिको भएकाले न्यायीक निगरानीमा राखिएको छ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.