अछाममा जातिय भेदभाव विरुद्धको पहिलो मुद्दा  दर्ता

कात्तिक २६ , अछाम ।
अछाममा जातीय भेदभावविरुद्धको ऐन आएपछिको पहिलो मुद्दा दर्ता भएको छ ।

जिल्लाको मङ्गलसेन नगरपालिका–६ का बिर्ख विकले सोही ठाउँका बेदप्रसाद भण्डारीका नाममा दिनुभएको जातीय छुवाछूतविरुद्धको मुद्दा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दिलीपसिंह देउवाले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभावविरुद्धको मुद्दा पहिलो पटक दर्ता भएको जानकारी दिनुभयो । यद्यपि दोषी अझै पक्राउ नपरेको उहाँले बताउनुभयो । पीडित विकका अनुसार आफूलाई भण्डारीले परम्परागत रुपमा आफ्नो घरको काम गर्नुपर्ने भन्दै दबाब दिँदै आएका थिए ।

बाजेको पालादेखि गर्दै आएको आरन व्यवसाय गर्नुपर्ने, काठ दाउरालगायत घरको काम गर्नुपर्ने भन्दै भण्डारीले निरन्तर दबाब दिने गरेकाले अन्याय सहन नसकी विकले प्रहरीमा ऐन आएपछि उजुरी दिएका हुन् । रासस

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.