ल्यापटपको ब्याटरी लामो समयसम्म टिकाउन यसो गर्नुहोस

ल्यापटप दैनिक जिवनको एउटा महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ । फिल्डमा काम गर्ने कर्मचारी , संचारकर्मी तथा ठुला व्यवसायीहरुको निम्ति त यो अनिवार्य नै भएको छ । तर लामो समयसम्म व्यस्त रहँदा चार्ज सकिने ,  ब्याटरी लामो समयसम्म नटिक्ने  समस्या हुने हुँदा प्रयोगकर्ताहरु सधैँ ब्याट्रीको जतन गर्न चाहन्छन् । तर ब्याट्रीलाई किफायती राख्ने कुनै एप्लिकेशन छैन् । त्यसैले सानातिना कुरा तथा सेटिंगलाई ध्यानमा राख्दै ब्याटी जोगाउनुपर्ने हुन्छ । मैकबुक, क्रोमबुक र विन्डोजका प्रयोगकर्ताले उल्लेखित १० तरिका अपनाएर लामो समयसम्म ब्याटीको चार्ज जोगाउन सकिन्छ ।

डिस्प्लेको लाईट डिम गर्ने

डिस्प्लेको लाईट कम गरेर ब्याटी जोगाउन सकिन्छ । बिना चार्जर नै ल्यापटप चलाएको अवस्थामा डिस्प्ले सेटिंगमा गएर ब्राइटनेश तथा कन्टास्ट कम गर्नुपर्छ । ल्यापटपको ब्याटी डिस्प्लेकै कारण सबैभन्दा बढी डिस्चार्ज हुने गर्दछ । तर चार्जर प्रयोग गरेका बेला भने डिस्प्लेको सेटिंग डिफाल्टमै राख्न सकिन्छ ।

वाई फाई र ब्लूटूथ अफ गर्नुहोस्

ल्यापटप प्रयोग गर्दा केही प्रयोगकर्ताले सधैँ ब्लूटूथ र वाईफाई अन गर्ने गर्दछन् । यस्तो अवस्थामा नेटवर्क र डिभाईस निरन्तर सर्च हुने गर्दछ । त्यसको असर ब्याटीमा पर्ने गर्छ । त्यसैले चार्ज जोगउनका लागि यि दुबै चिज बन्द गर्नुहोस् ।

स्क्रिन सेवर बन्द गर्नुहोस्

ब्याटी चाडो नै डिस्चार्ज हुनुको अर्को कारण स्क्रिन सेवर पनि हो । जब तपाई ल्यापटपमा काम गर्न बन्द गर्नुहुन्छ त्यतिबेला स्क्रिन सेवर अन हुनसक्छ । त्यसैले काम गर्न बन्द गरेको अवस्थामा स्क्रिन सेवर अफ गर्नुहोस् । त्यसका लागि डेक्सटपको दाइनेतर्फ गएर सेलेक्ट पर्शनालाईज गर्नुहोस् । त्यसपछि क्लिन स्क्रिनसेवरमा जानुहोस् ।

पावर सेटिंग

ल्यापटप प्रयोगकर्ताले पावर सेटिंगमा गएर मनिटर टर्न अफको अप्शनलाई टाइम कम गर्नुपर्ने हुन्छ । तपाई जब आफ्नो काम गर्न छाड्नुहुन्छ त्यतिबेला स्क्रिन आफैँ टर्न अफ होस् र ब्याटी जोगियोस् ।

एक्सटर्नल डिभाईसलाई अलग राख्नुहोस्

प्राय मानिसहरुले युएसभी डिवाइसहरु पेन डाइव, एक्सटर्नल हार्ड डिक्स लगायतार ल्यापटपमा अटैच गरेर राख्छन् । यस्ता डिभाईसले चार्ज धेरै खाने गर्दछन् । त्यसैले यसलाई ल्यापटपमा काम परेका बेला मात्रै अटैच गर्नुहोस् ।

र्‍याम धेरै जोड्नुुहोस

जब ल्यापटपमा रयान्डम एक्सेस मेमोरी कम हुन्छ तब हार्ड डिस्क डाइवले सबै वर्चुअल मेमोरी प्रयोग गर्न थाल्दछ । यस्तो स्थितीमा हार्डडिस्कले ब्याटी धेरै खान्छ । त्यसैले प्रयोगकर्ताले आफ्नो ल्यापटपमा रयाम बढी नै लगाउनुपर्ने हुन्छ । यसो गर्दा ब्याटीको बचतसँग ल्यापटपको स्पिड समेत बढ्छ ।

डिभीडी र सिडीको प्रयोग कम गर्नुहोस्

यदी ल्यापटपमा डिभीडी वा सिडीको प्रयोगबाट कुनै फिल्म वा भिडियो हेर्दै हुुनुहुन्छ वा गीत सुन्दै हुनुहुन्छ भने यसले धेरै ब्याटी खपत गर्छ । डिभीडी वा सिडी घुम्दै गर्दा ब्याटीको प्रयोग ज्यादा हुन्छ । त्यसैले डिभीडी वा सिडी डाइवको प्रयोग कमै गर्नुहोस् ।

कोठाको तापक्रम नै उपयुक्त 

तपाईको ल्यापटपका लागि कोठाको तापक्रम नै उपयुक्त हुन्छ । यसलाई गर्मी या जाडो स्थानमा प्रयोग नगर्नुहोस् । गर्मी वा जाडो दुबैमा कोठाभित्रको तापक्रम ल्यापटपका लागि उपयुक्त हुन्छ ।

अनावश्यक प्रोगाम बन्द गर्नुहोस्

ल्यापटपमा एकैपटक थुपै्र प्रोगाम रन गर्दा ब्याटी चाडैँ डिस्चार्ज हुन्छ । त्यसैले त्यस्ता एप्स मात्रै खोल्नुहोस् जसमा तपाईको काम हुन्छ ।

स्ट्यान्डवाई होइन हाइबरनेट

स्ट्यान्डवाईले तपाईको ल्यापटपको चार्ज त्यति बचत गर्दैन जति हाइबरनेटले गर्नसक्छ । यसका लागि हाइबरनेटको सेटिंगमा गएर सट डाउन अप्शनलाई सेलेक्ट गर्नुहोस ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.