आजदेखि डिभी लट्री खुल्यो , रातिबाट भर्न सकिने


असोज १४ , बिहीवार ।
डिभी चिठ्ठामा अमेरिका जाने सपना देखेकाहरुले आजदेखि डिभी लट्री भर्न पाउने भएका छन ।

 सन् २०१७ को लागि  ईडिभि लट्री कार्यक्रम अन्तरगत अक्टोबर १ तारिख अर्थात आज असोज १४ गते बिहीबार देखि डिभी लट्रीको आवेदन खुलेको हो ।

अमेरिकी दुतावासकाअनुसार बिहिवारबाट खुल्ने डाइभर्सिटी भिसा कार्यक्रमको अन्तिम आवेदन दर्ता आगामी नोभेम्बर ३ तारिख अर्थात कार्तिक १७ गतेसम्म रहनेछ।
नेपालको स्थानीय समय आज  रातको ९.४५ बजेदेखि खुल्ने यो कार्यक्रममा कुनै शुल्क नलाग्ने पनि दुतावासले जनाएको छ। 
यसका साथै आवेदन फारम भर्दा कुनै कन्सल्टेन्टको सहयोग नलिन पनि सल्लाह दिएको छ। यसको साटो फारम भर्दा सहयोग आवश्यक परेमा आफ्ना चिनजानका र यसबारे जानेबुझेकाको सहयोग लिन सल्लाह दिएको छ। 
डिभी चिट्ठाको आवेदन अनलाइन मार्फत् भर्नुपर्नेछ www.dvlottery.state.gov मा गएर यो आवेदन दर्ता गर्न सकिनेछ।
एक जना आवेदकको एकवटा मात्र आवेदन दर्ता हुने र एकभन्दा बढी दर्ता गरेमा उक्त दर्ता खारेज हुने पनि दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.