दलित एकता संजाल यएईको प्रथम अधिवेसन सम्पन्न (भिडीयो सहित)

रामकुमार परियार
१२ सेप्टेम्बर , शनिबार ।

विनोद गोतामे विश्वकर्माको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै दलित एकता संजाल राष्ट्रिय समन्वय समिती युएईको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

सेप्टेम्बर ११ मा दुबई स्थित ग्राण्ड फोर्ट होटलमा आयोजित संजालको प्रथम अधिवेशनमा सर्वसहमतिबाट नयाँ नेतृत्व चुनिएको हो ।

महासचिव विनोद गोतामे विश्वकर्माले संचालन गर्नुभएको अधिवेशनको उद्घाटन सत्रमा वरिष्ठ समाजसेवी कृष्ण बहादुर ढकालको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै संजाल आईसिसी संयोजक खड्ग गैह्रे , पत्रकार महासंघ उपाध्यक्ष त्रिलोचन कोईराला र एनआरएन का सुर्यबहादुर बस्नेतको विशेष आतिथ्य रहेको रहेको थियो । कार्यक्रममा युएईमा सक्रिय दर्जन बढी संघसंस्थाका प्रतिनिधिको आतिथ्य रहेको थियो । संजालका अध्यक्ष पदम नेपालीको सभापतित्व रहेको अधिवेशन उद्घाटन सत्रमा कमला मोते , खोमा बर्देवा र बिनिता विश्वकर्माले आतिथिहरुलाई ब्याच वितरण गरेका थिए ।

ललन विश्वकर्माद्वारा उपस्थित संजालका सम्पुर्ण प्रतिनिधि र आगन्तुकलाई स्वागत गरे पश्चात राष्ट्रिय गित "सयौँ थुङ्गा...." गाईएको थियो । प्रमुख अतिथीबाट दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । लगत्तै अधिवेशनको ब्यानर समेत अनावरण गरिएको थियो । कलाकारहरु बाबुराम परियार , कमल परियार , गित विश्वकर्मा , किसन बिरही आदि कलाकारको स्वागत गितले हलको वातावरणमा राष्ट्रियता र एकताको भाव संचय गराएको थियो ।

कार्यक्रममा झापाका चित्रकार केशर बहादुर विश्वकर्माले आफुले बनाएको महाकवी देवकोटाको तस्वीर संजाललाई उपहारस्वरूप प्रदान गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष त्रिलोचन कोईरालाले संजालमा चयन हुने नयाँ कार्यसमितिलाई अग्रिम शुभकामना दिंदै संजालका गतिविधिहरुलाई संचारमाध्यम मार्फत जनस्तरमा प्रवाव गर्न सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका अतिथि नेपाली जनसंपर्क समिती युएईका सभापति चित्र केसिले छुवाछूत दण्डनिय अपराध भएकोले कसैले पनि त्यस्तो व्यवहार गर्न  नहुने र हरेक निकायमा समावेशिता हुनुपर्ने बताए । त्यस्तै आफ्नो पार्टिले विगतदेखी नै समावेसिताको सिद्धान्तलाई अंगिकार गर्दै आएको र भविष्यमा समेत निरंतर गरिरहने बताए ।

यसैगरी अतिथिहरु दाङ देउखुरी समाजका शान्ता गिरि , नेपाली एकता समाजका कृष्ण केसि , विश्व्कर्मा समाजका बाबुराम विश्वकर्मा , बाग्लुङ सेवा समाजका पिताम्बर पाण्डे , प्रवासी  नेपाली मंचका मोति राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन सत्रको अन्त्यमा संजाललाई विशिष्ट योगदान पुर्‍याए बापत भिम बहादुर सुनार , धनराज विश्वकर्मा , कमला मोते , केशर बहादुर विश्वकर्मा र कलाकार समुहलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै विनोद गोतामे विश्वकर्माले मायाको चिनो स्वरुप  कलाकार समुहलाई नेपालबाट ल्याईएको  एकथान मादल समेत प्रदान गरेका थिए ।

चित्र नेपालीद्वारा संचालित कार्यक्रमको बन्द सत्रमा आफ्नो कार्याकालमा संचालन गरिएका कार्यक्रम तथा गतिविधिका बारेमा महासचिव विनोद गोतामे विश्वकर्माले कार्यप्रगती प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष बिरु विश्वकर्माले आर्थिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनलाई हलबाट सर्वसहमत अनुमोदन गरे पश्चात् तत्कालीन संजाल संयोजक पदम नेपालीले आफ्नो कार्यसमिती  भंग भएको घोषणा गरेका थिए ।

लगत्तै आईसीसी संयोजक खड्ग गैह्रे नेतृत्वको निर्वाचन मण्डलि मार्फत नयाँ कार्यसमिति चयन गरिएको थियो । पुर्व अध्यक्ष पदम नेपालीले नेतृत्व हस्तान्तरण गर्ने मनशायले निवर्तमान  महासचिव विनोदगोतामे विश्वकर्माको नाम प्रस्ताव गरेपछि हलबाट वहाँको पारित गरिएको थियो । त्यसैगरी उपाध्यक्ष त्रयमा ललन विश्वकर्मा , प्रकाश सुनार र कमला मोते चयन भए । गठित नयाँ कार्यसमितिमा सचिव चित्र नेपाली , सहसचिव गन बहादुर नेपाली , कोषाध्यक्ष बिनिता विश्वकर्मा , सह कोषाध्यक्ष शम्भु विश्वकर्मा , युवा संयोजक सुवास विश्वकर्मा र सह संयोजक बाबुराम मंगराती चयन भए ।


सदस्यहरुमा हेड बहादुर बिक ,  केशब पचाकोटी , मान बहादुर सार्कि , मोतिलाल बिक , टिका सिर्मन दर्नाल , कृष्ण कुमार परियार ,खोमा बर्देवा , मान रुचाल , कमल परुयार , बाबुराम परियार ,कमल परियार , बिभा बिक , अनिल बिक , धनराज बिक , खुमराज बिक , काजी नेपाली , कमला मगरात , मुना सुनार् , चन्द्र किशोर दर्नाल , राम रणपहेलि , केशर बिस्वकर्मा , चुडामणी बिस्वकर्मा , ओम बहादुर बिक , पर्शुराम गहत राज  , नेत्र बिक , सन्तोष रुचाल , राज कुमार परियार , अमर बिस्वकर्मा चयन भए । त्यस्तै संजालको प्रवक्ता बिरु सुनार चयन भए । यसैगरी पुर्व अध्यक्ष पदम नेपाली , भिम बहादुर सुनार , गनु बिक शंकर बस्याल र बिमल बिक रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरियो ।

दलित कलाकार समिती गठन

यसैगरि प्रवासमा रहित कलाकारितामा संलग्न दलित कलाकारहरुलाई संगठित गर्दै प्रकाश सुनारको अध्यक्षतामा १३ सदस्यीय कलाकार समिति समेत गठन गरियो । जसमा उपाधक्षद्वयमा कमल परियार र बाबुराम परियार रहेका छन् भने सचिवमा विनिता विस्वकर्मा रहेकी छिन । यसैगरी सदस्यहरु करण परियार , सुरज परियार , किशन बिसि ,मुना सुनार  , बिक्रम परियार , कृष्ण परियार , मधुमाया परियार  , नमिका मोते  , केशब बिसि , कमला बिस्वकर्मा  र सल्लाहकारमा कमला मोते र बिरु सुनार रहेका छन ।


कार्यक्रममा युएईमा कृयाशिल कलाकारहरुले सांगितिक प्रस्तुति समेत राखेका थिए । विक्रम परियारले नेपाली समाजमा विध्यमान जातिय विभेद दर्शाउने रुमाल धोको छु गितको प्रस्तुति गरिरहंदा हलमा भावुकता र हर्षको दोहोरो समिश्रण देखियो । सुरज परियार , दिपक विश्वकर्माको सांगितिक प्रस्तुतिले समेत हलमा रोमाञ्चकताको संचय गराएको  थियो । तस्वीर सौजन्य : कृष्ण सुनार

गायक विक्रम परियार गित गाउदै भिडीयो

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.