यी हुन हाँच्छ्युका रोचक कुरा
काठमान्डौ । नाकभित्र पसेका सुक्ष्म कणलाई बाहिर फ्याँक्न गरिने प्रतिक्रिया हो हाछ्युँ । हाछ्युँ आएपछि बोलिने शब्द देशअनुसार फरक हुन्छ । नेपालमा सरी, एक्स्क्युज मी (माफ गर्नुहोस्) भनिन्छ भने भारतमा ‘जियो’ या ‘राम’ भनिन्छ । अंग्रेजहरु ‘ब्लेस यु’ या ‘गड’ भन्छन् भने ग्रीक या रोमनमा ‘भेनिस द ओमेन (राम्रो सगुन होस्)’ भन्ने चलन छ । जर्मनमा ‘जेसुदेई (तपाईंको स्वास्थ्य राम्रो होस्’, जुलु भाषा (अफ्रिकाको) मा ‘आइ एम नाउ ब्लेस्ड (मलाई कृपा भयो)’ भन्ने चलन छ ।
एकपटक हाछ्युँ गर्दा करीब ४० हजारभन्दा बढी सुक्ष्म बुँदा हावामा १६० किलोमिटरभन्दा धेरै गतिमा निस्कन्छ । केही अध्ययनका अनुसार हाछ्युँको गति ९६० किलोमिटर प्रतिघण्टा हुन सक्छ । सामान्यत : रोगमुक्त अवस्थामा दैनिक करीब ७ पटक हाछ्युँ आउन सक्छ । तर, श्वासप्रश्वास प्रणालीमा संक्रमण हुँदा यो बढेर १०० भन्दा बढी पटक हुन सक्छ । यस्तो अवस्थामा सावधानी नअपनाइने हो भने स्वास्थ्य समस्या निम्तन सक्छ ।
यदि कुनै संक्रामक रोग लागेको व्यक्तिले विनासावधानी हाछ्युँ गर्छ भने ५० मिटर वरपर बस्ने व्यक्तिलाई रोग सार्न सक्छ । यात्री र मानिसहरुमा विभिन्न ठाउँमा गरिएको अनुसन्धानबाट के पत्ता लागेको छ भने हाछ्युँको १६१ किलोमिटर प्रतिघण्टाको तेज गतिका कारण ६ सेकेण्डभन्दा बढी समयमा रोगको किटाणु प्रसारित भएर १५० व्यक्तिलाई बिरामी बनाउन सक्छ ।
मानिसको नाकको क्षमता यति छ कि प्रतिदिन करीब दुई गिलास सिंगान पैदा गर्न सक्छ । वैज्ञानिक थोमस अल्बा एडिसनले हाछ्युँमा अनुसन्धान गर्न आफ्नो प्रारम्भिक मुभी क्यामरा प्रयोग गरेर फिल्म बनाएका थिए । हाछ्युँको केन्द्र दिमागको तल्लो भाग ब्रेनस्टेममा हुन्छ । यसमा चोट लाग्नाले या गडबडी हुनाले हाछ्युँ गर्ने क्षमता समाप्त हुन्छ ।
जनाबरमा सबैभन्दा बढी हाछ्युँ गर्ने जीव इगुआना नामक माउसुली हो । वैज्ञानिकका अनुसार डाइनोसरको वंशज यो विशालकाय माउसुली हाछ्युँ गरेर आफ्नो शरीरको केही विशेष लवण बाहिर फ्याँक्छ । हाछ्युँ बिरामी हुने संकेत हुन सक्छ । तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !