वाईफाईको पासवर्ड पत्ता लगाउन यी प्रक्रिया अपनाउनुहोस

वाईफाईको पासवर्ड भुल्नु भयो र कयौं पटक सम्झन खोज्दा पनि पासवर्ड सम्झिन सकिएन भने केहि विधि अपनाएर सहजै राउटरको पासवर्ड पत्ता लगाउन सकिन्छ । पासवर्ड सामान्य फर्म्याटमा देख्न सकिन्छ जसलाई प्रयोगकर्ताले सहजै पढ्न सक्दछन् । यो पासवर्ड आफ्नो पर्सनल वाइफाई नेटवर्कमा मात्रै काम लाग्दछ । अफिसको नेटवर्क वा अन्य प्रयोगकर्ताको वाइफाई नेटवर्कमा भने पत्ता लगाउन सकिँदैन । 
पासवर्ड पत्ता लगाउन यो विधि अपनाउने :

स्टेप १ :

कम्प्युटर वा ल्यापटपको कन्ट्रोल प्यानलमा जाने ,  Start > Control Panel > Network and Sharing Centre , नेटवर्क सेयरिङ सेन्टरमा वायरलेस र वायर्ड नेटवक्र्स दुवैको लिस्ट दिएको हुन्छ । यदि विन्डोज एट को प्रयोग गरिएकाे भए “Windows key + C” गर्ने। यो सर्टकट एकसाथ क्लीक गर्ने र यसपछि सर्चमा क्लीक गरी Network and Sharing Center मा क्लीक गर्ने ।

स्टेप २ :

नेटवर्क एण्ड शेयरिङ सेन्टरमा गएपछि “Change adapter settings” नामको अप्सनमा क्लीक गर्ने ।

स्टेप ३ :

अव यो स्टेपमा जुन वाइफाईको प्रयाेगकर्ताले जुन पासवर्ड खाेजेको हाे त्यसमा सेलेक्ट गरेर राइट क्लीक गर्ने । यसपछि “Status” अप्सनमा गई वायरलेस प्रपर्टिज नामको अप्सनमा क्लीक गर्ने । यसपछि ल्यापटप वा कम्प्युटरमा एक विन्डोज खुल्छ जसमा दुई ट्याब दिएको हुन्छ । एउटा कनेक्सन र अर्काे सेक्युरिटि ट्याब । यिमध्ये सेक्युरिटि ट्याबमा क्लीक गर्ने ।

स्टेप ४ :

अव प्रयोगकर्ताको सामु तीन वटा अप्सन आउँछन् । यसमा सेक्युरिटी टाइप , इन्स्क्रीप्सन टाइप र नेटवर्क सेक्युरिटी रहेको हुन्छ । जसमध्ये नेटवर्क सेक्युरिटी अप्सनमा पासवर्डको स्थान देखिन्छ । त्यसको तल चेक वक्स देखिन्छ जसमा Show Characters लेखेको हुन्छ । यहि चेक बक्समा क्लीक गरेपछि प्रयोगकर्ताले आफूले विर्सेको पासवर्ड सहज तरिकाले देख्न सक्दछन् ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.