संविधानसभा द्वारा प्रारम्भिक मस्यौदा पास , अब जनता माझ जाने

असार २२ मंगलबार ।
आफ्नो संविधान आफै बनाउने जन चाहनाको प्रतिनिधित्व गर्दै संविधानसभामा पुर्‍याईएका व्यक्तिहरु द्वारा निर्मित संविधानको प्रारम्भिक मस्यौदा आज संविधानसभा बाट पारित भए संगै आम नेपाली जनताले समय सापेक्ष नयाँ संविधान पाउने कुरामा थप बल पुगेको छ ।


अब यो मस्यौदा १५ दिन सम्म जनता माझ लगिने छ। यो स्वर्णिम अवसरको यथेष्ट सदुपयोग गर्न आवश्यक छ , अब जन स्तरमा पुग्ने संविधानको मस्यौदामा हामिले आफ्ना थप कुरा र अधिकार केही छुटेको भए त्यो समेट्न एकजुट हुने बेला आएको छ ।

छुटेका आफ्ना अधिकार , सवाल र अन्य जे पनि सरोकारवाला विषय छन् ती सबै सोचिराख्न आवश्यक छ । किनकि यो नै अन्तिम हो । जनताबाट फिर्ता भएर सदनमा पुगि सकेपछी सदनबाट उक्त कुराहरू लाई नै व्यापक छलफल गरि अन्तिम रूपमा संविधान जारी गरिन्छ । यसतर्फ सचेत भएर ध्यान दिने बेला आएको छ । जनताले  समयमै संविधान जारी हुने वातावरण बनाउन एकजुट हौँ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.