मोबाईल चलाउनेहरुले ध्यान दिनै पर्ने कुराहरु !!!
२१ औं शताब्दीको एउटा महत्त्वपूर्ण उत्पादन मोबाईल फोन पनि हो । अहिले त्यस्तो व्यक्ती सायदै भेटिएला जसले मोबाईल नबोकेको होस । व्यवसायी , पत्रकार , उद्योगपति , नेता देखि विद्यार्थी हरेकको हात हातमा मोबाईल हुन्छ र जरुरी पनि भएको छ । पछिल्लो समय कृषक , गृहणी हरेकले मोबाईल चलाउन थालेका छ्न , भनौं अब त यो साधन हाम्रा लागि अपरिहार्य नै बनी सकेको छ ।
यहाँ के बुझ्न जरुरी छ भने प्रविधिले हामिलाई जिवनलाई जति सरलीकरण गर्दै आएको छ त्यति नै गम्भीर खतरा पनि भित्र्याउँदैछ । यसको सदुपयोग गर्दा त ठिकै छ तर सदुपयोग गर्न नजानेको खण्डमा यस्ता साधन हाम्रा निम्ति अभिशाप बन्न सक्छन् । भयङ्कर स्वास्थ समस्या निम्त्याउन सक्छन् । यहाँ यस्तै मोबाईलको सहि प्रयोग गर्न नसकेको खण्डमा हामिलाई पर्न सक्ने दुस्प्रभावको बारेमा चर्चा गरेको छु ।
मोबाईलबाट एक किसिमको खतरनाक रेडिएसन (विकिरण) पैदा हुन्छ । जुन क्यान्सर को प्रमुख कारण हो । जसरि माइक्रोवेभ मा तताएको खाना खानु हुदैन मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छ कान मा घन्टौ सम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन् । खल्ती मा मोबाइल राख्नाले पनि ठुलो असर पर्न सक्छ । पुरुषलाई नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भावना हुने अध्यानले देखाएको छ ।
यसबाहेक अन्य धेरै बेफाईदाहरु हुन सक्छन् । जुन हाम्रो स्वास्थका लागि घातक हुन्छ । त्यसैले यहाँ तपाईंलाई केही महत्त्वपूर्ण सुझाव दिईएको छ । यी कुराहरुमा ध्यान दिनुहोला -
1. सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ ।
2. मोबाइल भाईब्रेसन मा कहिलै पनि नराखौ ।
3. सुत्ने बेला मा मोबाइल सधैँ बन्द गरौ ।
4. सके सम्म मोबाइलमा धेरै लामो कुरा नगरौ ।
5. एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस या हेड सेट प्रयोग गर्नुस ।
6. कसै-कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्त बन्द गर्नुस ।
7. हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुस ।
8. साना साना नानिबाबु हरु लाई मोबाइल मा कुरा गर्न नदिनुस ।
9. सकिन्छ भने घर मा फोन राख्नुस म मोबाइल चलाउदिन भन्नु गर्व को कुरा हो किन कि सडकमा माग्नेले पनि आजकाल S4 Samsung मा भिख माग्न थालेका छन ।
10. बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !