तपाईंको ल्यापटपमा पानी पस्यो ? यसो गर्नुहोस ।

ल्यापटपका प्रयोगकर्ताले ल्यापटप चलाइरहँदा कहिलेकाहि पानी पर्न सक्दछ । ल्यापटपमा पानी पर्ने वित्तिकै यी बाह्र उपाय अपनाएमा ल्यापटपलाई सुरक्षित राख्न सकिन्छ ।
 
१. ल्यापटपको पावर तुरुन्त बन्द गर्नुहोस्। साथै एडप्टर र ब्याट्रि दुबै निकालिदिनुहोस्, जसले गर्दा ल्यापटप शर्ट हुने खतरा कम हुन्छ। 
 
२. ल्यापटबाट सबै एसेसरिज निकालिदिनुहोस्, जस्तै माइक, वायरलेस कार्ड, डाटा केबल, पेन ड्राइभ ।
 
३. ल्यापटपलाई तुरुन्त उल्टो पार्नुहोस्, ताकि पानी ल्यापटको सर्किट सम्म पुग्न नपाओस्।
 
४.  ल्यापटको बाहिरी भागमा रहेको पानी रुमाल वा टिसु पेपरले पुछ्नुहोस् ।  
 
५. ल्यापटपको कि–बोर्ड निकाल्न मिल्ने छ भने निकाल्नुहोस्, जसले गर्दा भित्रको पानी तुरुन्तै बाहिर निस्कन सहज हुन्छ । 
 
६. ल्यापटको स्क्रीनलाई तल झुकाएर टावलले स्क्रीन सफ गरिदिनुहोस् , ताकि स्क्रीनमा पानी नरहोस् । 
 
७. ल्यापटपको पछाडिपट्टिको खोल स्क्रु ड्राइभरले खोल्नुहोस्, ताकि पछाडिबाट भित्र पसेको पानी पुर्ण रुपमा बाहिर निस्कन सहज होस् । 
 
८. ल्यापटपभित्र देखिएको पानी पुछ्नको लागि कपासको प्रयोग गर्नुहोस्, कपडाको प्रयोग भने कहिल्यै नगर्नुहोस् । 
 
९. ल्यापटपबाट र्याम निकालिदिनुहोस्, यसमा रहेको पानीले सर्ट गर्ने सम्भावना प्रबल रहेका कारण यसलाई निकाल्दा सर्ट हुने सम्भावना कम हुन्छ । 
 
१०.  ल्यापटपलाई सुक्न दिनहुोस् यसलाई सुकाउनको लागि हेयर ड्रायर पनि प्रयोग गर्न सकिन्छ। 
 
११. जब ल्यापटप पुर्ण रुपमा सुक्छ त्यसपछि र्यामलाई ल्यापटपमा राख्नुहोस् र ब्याट्रि राखेर एकपटक चेक गर्नुहोस् । 
 
१२. ल्यापटप चेक गर्दा ठिक रुपमा चलेको भेटियो भने सबै कभर पुर्ण रुपमा जडान गर्नुहोस् र ल्यापटप चलाउनुहोस् ।


No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.