आज असार १५ अर्थात दहि-चिउरा खाने दिन
आज असार १५ गते । नेपालका अधिकांस ग्रामीण भेगहरुमा आजको विशेष दिनलाई दहि चिउरा खाने दिनको रूपमा लिईने गरिन्छ । त्यसैले आज सबैजना भेला भएर दहि चिउरा खाने गरिन्छ । यो नेपालीहरुको निकै पुरानो परम्परा पनि हो ।
तर विगत १२ वर्ष देखि सरकारी स्तरबाटै यो दिनलाई राष्ट्रिय धान दिवस घोषणा गरि धान दिवस मनाईंदै आईएको छ । मनसुनको शुरूवात संगै आजको दिनबाट औपचारिक रुपमै धान खेतीको शुरूवात भएको मानिन्छ र आज अधिकांस कृषक हिलोमा पसेर रोपाइँ शुरु गर्ने गर्छन् । आजको यो विशेष दिनमा सरकारका प्रमुख व्यक्ती र नेताहरू समेत हिलोमा पस्ने गर्छन ।
नेपाल कृषिप्रधान देश हो । यहाँ कुल खेतीयोग्य जमिनको १५ लाख ७० हजार हेक्टर जमिनमा धान खेती गर्न सकिने भए पनि ८ दशमलब ८ प्रतिशत जमिनमा मात्र धान रोपाइँ हुदैँ आएको छ । यो खेती गरिने कुल क्षेत्रफलको ५५ प्रतिशत हो । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३५ प्रतिशत रहेकामा धानको मात्र २० प्रतिशत योगदान छ । आधुनिक कृषि प्रणाली र औजारको अधिकतम उपयोग गर्न सकेको खण्डमा कृषि नेपालको विकाशको मेरुदण्ड बन्ने पक्का छ ।
आजको यो विशेष दिनमा सम्पुर्ण कृषक नेपाली दाजुभाई , दिदिबहिनीहरुलाई मंगलमय शुभकामना ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !