अबदेखि निम्न काममा नेपालीहरु क्यानडा जान पाउने
१९ जेठ , काठमाडौं ।
नेपाल सरकारले विभिन्न २१ वटा शिप जानेका व्यक्तिहरुलाई दक्ष जनशक्तिका रुपमा क्यानडा लैजान सिफारीस गरेको छ ।
क्यनेडीयन श्रम मन्त्री केल्ली लेइचसले नेपाली कामदार क्यानडा लैजान इच्छुक भएको बताएपछि नेपाल सरकारले क्यानेडीयन सरकारलाई २१ वटा भिन्ना भिन्नै क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पठाउने बताएको हो ।
श्रम तथा रोजगार मन्त्रालयले ती क्षेत्रमा कामदार पठाउन सकिने जानकारी गराएको हो ।
जस अनुसार अब क्यानाडाले नेपालीहरुलाई निम्न क्षेत्रको कामदारका रूपमा क्यानडा लैजाने छ -
१) मेडिकल ल्याब प्राविधिक
२) तालिम प्राप्त मजदुर
३) कृषि विज्ञ
४) अकाउन्टेन्ट
५) जीव विज्ञान विज्ञ
६) इन्जिनियर
७) दन्त चिकित्सक
८) शिक्षक
९) नर्स
१०) अनमी
११) अकाउन्टेन्ट
१२) सूचना प्रविधि सम्बन्धी विज्ञ
१३) मेकानिक
१४) सुरक्षा गार्ड
१५) इलेक्ट्रिसियन
१६) प्लम्बर
१७) कृषि विज्ञ
१८) रसायनशास्त्री
१९) तालिमप्राप्त मजदुर
क्यानडालाई पछिल्लो समय सुरक्षीत रोजगारको गन्तव्य मान्ने गरिन्छ । क्यानडामा जनशक्तिको अभाव रहेको छ । क्यानडा सरकारले छिट्टै यस बारेमा निर्णय गर्ने बताइएको छ ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !