सलमान खानलाई ५ वर्षको जेल सजाय
वैशाख २३, एजेन्सी ।
१३ वर्ष अघिको हिट एण्ड रन मुद्दामा भारत मुम्बइको एक अदालतले आज बलिउड अभिनेता सलमान खानलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ ।
सन् २००२ डिसेम्बरमा सलमानले नशाको सुरमा सडक पेटीमा सुतिरहेका ५ जना व्यक्तिमाथि कार चलाएको आरोप थियो । तीमध्ये एक जनाको मृत्यु भएको थियो । सो घटनापछि सलमान फरार भएको अभियोग लागेको थियो । मदिरा सेवन गरी कार चलाउने क्रममा सो दुर्घटना भएको पुष्टी भएको अदालतले जनाएको छ । उनी आजै जेल चलान हुन सक्ने बताईएको ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !