भुकम्प पीडितलाई सहयोग गर्ने सजिलो तरिका

काठमाडौं , जेठ ७ ।
वैशाख १२ गते आएको विनाशाकारी भूकम्पपछि पीडितहरुका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आफू सक्दो सहयोग गरिरहेका छन् तर जो सँग क्षमता छैन उसले पनि सहयोग गर्न चाहन्छ भने त्यसको लागि पनि व्यवस्था गरिएको छ ।

अब १०० रुपियाँ पनि पीडितका लागि सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । यदि तपाईले १०० रुपियाँ सहयोग गर्न चाहनु हुन्छ भने आफ्नो मोबाइलको म्यासेज बक्समा गएर एचईएलपी(HELP) टाइप गर्नुहोस् र १५१०० मा पठाउनुहोस् । तपाईंले यसरी एसएमएस पठाउँदा तपाईंको मोबाइलको ब्यालेन्सबाट एक सय रुपियाँ प्रधानमन्त्री रहत कोषमा जम्मा हुन्छ ।

भूकम्प पीडितका लागि सहयोग जुटाउने उद्देश्यले एड्माएर नेपालले यो अभियान शुरु गरेको हो । एड्माएर नेपालका संयोजक रवि लामिछानेका अनुसार नेपाल टेलिकम र एनसेल जुनसुकैबाट पनि तपाई जति पटक पनि एसएमएस गर्न सक्नु हुन्छ । जतिपटक एसएमएस गर्दा त्यतिपटक सय रुपियाँको दरले राहत कोषमा जम्मा हुनेछ । यो अभियान नेपालमा मात्र नभई विदेशमा पनि सञ्चालन हुने भएको छ । विदेशमा बस्ने नेपालीलेwww.admirenpal.com  वा pmrelief.opmcm.gov.np मार्फत पनि एक अमेरिकी डलर भूकम्प पीडितका लागि सहयोग गर्न सक्ने बताइएको छ ।

काठमाडौंमा बुधबार  आयोजित एक कार्यक्रम मार्फत विभिन्न क्षेत्रका चर्चिच व्यक्तिहरुले एकै साथ यो अभियानको थालनी गरेको लामिछानेले बताए । अभियानमा थालनी गर्नेहरुमा डा. भगवान कोइराला, हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, समाजसेवीहरु अनुराधा कोइराला, महाविर पुन, उत्तम सञ्जेल, नेपाल पत्रकार महासंघका सभापति डा महेन्द्र विष्ट रहेका छन् । उनीहरुले आआफ्नो मोबाइलबाट एकै साथ एसएमएस गरेर राहतकोषमा १०० को दरले रकम पठाएर अभियानको थालनि गरेका थिए ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.