आज प्रेस स्वतन्त्रता दिवस,सबै छोडी भुकम्प पीडितको उद्दार र सहयोगमा लाग्न आग्रह
-रामकुमार परियार
२० वैशाख ।
आज विश्व प्रेश स्वतन्त्रता दिवस । हरेक वर्षको मे-३ तारिखलाई संसारभरका पत्रकारहरु विश्व प्रेश स्वतन्त्रता दिवसको रूपमा मनाउने गर्दछन । सन १९९१ मा नामिवियामा संपन्न विन्धोक सम्मेलनमा प्रस्तावित प्रेश स्वतन्त्रता दिवसको अवधारणालाई सन १९९३ मा संयुक्त राष्ट्र संघको महासभाले स्वीकृत गरे पछि हरेक वर्षको मे-३ लाई औपचारिक रूपमा विश्व प्रेश स्वतन्त्रता दिवसको रूपमा मनाउन थालिएको हो ।

नेपालमा पनि हरेक वर्ष धुमधामका साथ विविध कार्यक्रमहरु आयोजना गरि विश्व प्रेश स्वतन्त्रता दिवस मनाईँदै आईएको छ । विगतमा प्रभात फेरि,रक्तदान,सम्मान,औपचारिक गोष्ठी,अन्तर्कृया आदि कार्यक्रमहरु संचालन गरिंदै आएतापनी यो वर्ष त्यस्ता कुनै कार्यक्रम तय गरिएको छैन । गत वैशाख १२ गतेको विनाशकारी महाभुकम्प बाट विक्षिप्त बनेको बेला त्यस्ता कुनै कार्यक्रमको पनि अर्थ नरहेको र अशोभनीय समेत हुने ठहर गरि नेपाल पत्रकार महासंघले यस वर्ष कुनै औपचारिक कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ का अध्यक्ष डा. महेन्द्र बिष्टले आज एक विज्ञप्ति जारी गरि वैशाख १२ गतेको प्रलयकारी महाभुकम्पबाट पत्रकार सुमन बोम्जन लगायत साढे ६ हजार भन्दा बढी नागरिकको ज्यान गएको दु:खद घटना बाट मुलुक संगै सिंगो प्रेस जगत समेत स्तब्ध बनेको उल्लेख गरिएको छ । यस दु:खद घडीमा पत्रकार महासंघ र सिंगो प्रेस जगत कुनै पनि किसिमको औपचारिक कार्यक्रममा नअल्झी भुकम्प पीडितको उद्दार र सहयोगमा केन्द्रित रहने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा यस शोकाकुल घडीमा प्रेस जगत अझ बढी जिम्मेवार र उत्तरदायी भएको हुँदा विभत्स दृश्य,नकारात्मक सन्देश र अतिरन्जनापुर्ण प्रस्तुतिहरु हुन नपाउन भन्दै थप होसियारी अपनाउनु पर्ने खाँचो औँल्याईएको छ । साथै महाविपत्तिको घडीमा आम संचारकर्मी,विचार र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र आमनागरिक आपसमा मिलेर विपत्तिको सामना गर्दै प्रेस स्वतन्त्रताको रक्षा र मुलुकको पुनर्निर्माणमा लाग्ने संकल्प गर्न अपिल गरिएको छ ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !