मैले १० करोड दिने कुरा झुठ हो - सलमान खान

३ मे युएई ।
भारतीय नायक सलमान खानले नेपालका भुकम्प पीडितहरुको उद्दार र ‍ राहतका निम्ति १० करोड रुपैया र २ वटा हेलिकप्टर दिने भनेर  दिनभर प्रचारित खबर अनतत: मिथ्या सावित भएको छ ।
फेसबुक,ट्विटर लगायतका सामाजिक संजालहरुमा फैलाईएको उक्त हल्लालाई सलमान खान स्वयंले राती आफ्नै फेसबुक पेज मार्फत ईन्कार गरेका हुन । उनले बिङ ह्युमन नामक संस्था मार्फत नेपालका भुकम्प पीडितका निम्ति २ करोड राहत र २ वटा निजि हेलिकप्टर दिने भनेर भ्रम फैलाईएको आशय सहितको स्टटास लेखेका छन । उनले भनेका छन-"यहाँ बिङ ह्युमनले नेपालका भुकम्प पीडितलाई दान सहयोग गर्ने भनेर अफवाह फैलाईएको छ । यो झुठ हो । बिङ ह्युमनको अहिले भरत संग मात्रै संबन्धित छ । "
यसअघि पनि अर्का चर्चित नायक अक्षय कुमार ले आफ्नो सार्वजनिक हुन लागेको एक चलचित्रको पहिलो दिनको कमाई नेपालका भुकम्प पीडितका निम्ति दिने भनेर हल्ला चलेको थियो । जसलाई पछि नायक स्वयंले खण्डन गर्दै हल्ला मात्रै भएको प्रष्ट पारेका थिए । भारतीय कलाकारका यस्ता हल्ला चल्नु र पछि होईन भन्नू लाई शंकास्पद रुपले हेर्न थालिएको छ । कलाकार स्वयं वचनबाट पछि हटेका हुन या नेपाली जनतालाई आशा देखाएर ललिपप खुवाएका हुन त्यो अनुसन्धान गर्न जरुरी छ ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.