९ वटा सिम लाग्ने फोन ल्याउँदै ब्ल्याकबेरि
(एजेन्सी) स्मार्टफोन निर्माता कम्पनी ब्ल्याकबेरीले अन्य कम्पनीहरुभन्दा फरक र स्तरीय बन्नका लागि नयाँ फिचर ल्याउन लागेको जनाएको छ ।
कम्पनीले २०१५ को अन्तिमसम्ममा भर्चुअल सिम सलुसन सुविधा ल्याउने जनाएको छ । कम्पनीले ल्याउन लागेको नयाँ भर्चुअल सिममा प्रयोगकर्ताहरुले नौवटा फरक फरक मोबाइल नम्बर प्रयोग गर्न सक्नेछन् ।
क्यानेडेली कम्पनी ब्लाकबेरीले नयाँ स्मार्टफोन ब्ल्याक लीपमा पनि यस्तो सुविधा दिने जनाएको छ । स्मार्टफोनमा हुने नयाँ सुविधालाई कसरी प्रयोग गर्ने वा यसले कसरी काम गर्छ भन्ने बारेमा भने कम्पनीले केही बताएको छैन् ।
कम्पनीले ल्याउन लागेको ब्ल्याकबेरी लीपमा पाँच इन्चको ठूलो डिस्प्ले तथा १६ जिबी इन्टरनल मेमोरी रहने बताइएको छ । आठ मेगापिक्सल क्यामेरा तथा पाँच मेगा पिक्सल फ्रन्ट क्यामेरा रहने स्मार्टफोन जुनबाट बजारमा उपलब्ध हुने बताइएको छ ।
भर्चुअल सिमका फाइदाः
ब्ल्याक बेरीले ल्याउन लागेको भर्चुअल सिम पश्चात प्रयोगकर्ताले एउटै फोनबाट कहियौँ नम्बर चलाउन सक्ने हुँदा फरक फरक फोन बोक्नुपर्ने झन्झट हट्ने छ । त्यस्तै एउटै फोनबाट फरक फरक कम्पनीको डाटा लगाएतका विविध सुविधा लिन सकिने छ । फरक फरक सिम परिवर्तन गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !