ईन्टरनेट बिनै जिमेल कसरी चलाउने ?
इन्टरनेट बादशाह कम्पनी गुगलको मेल जिमेल सबैको पहिरो रोजाईमा पर्दछ । कहिलेकाही इन्टरनेट कनेक्शन नभएको बेला आफ्ना महत्वपूर्ण डकुमेन्टहरु हेर्न पाइदैन । यसको विकल्प के त ? गुगलले आफ्ना युजरहरुको चाहना अनुसारका नया नया एप्लीकेशन ल्याउने गरेको छ । त्यसको पछिल्लो उदाहरणको रुपमा आएको छ । गुगलको अफलाइन मेल सेवा । यो एप्लीकेशनबाट हामीले इन्टरनेट कनेक्शन नभएको बेलामा पनि आफ्नो मेल चेक गर्न सक्छौं । अरुलाई मेल पठाउन सक्छौं तर इमेलमा एटयाच गरेका कुराहरु भने डाउनलोड र अपलोड गर्न सकिदैन ।
कसरी एक्टीभ गर्ने अफलाइन जिमेल सेवा ।
१) यो सेवा प्रयोग गर्नको लागि सुरुमा तपाईको कम्प्युटरमा गुगलको ब्राउजर गुगल क्रोम इन्स्टल गरेको हुनुपदर्छ । यदि यो इन्स्टल भएको छैन भने गुगल क्रोम इन्स्टल गर्नुहोस् ।
२) गुगल क्रोम इन्स्टल गरिसकेकेपछि ब्राउजरको दाहिनेपट्टी रहेको कस्टुमाईज एण्ड कन्ट्रोल मा क्लिक गर्नुहोस् ।
३) मेनुमा ‘टुल्स’ देख्न सकिन्छ त्यसको भित्र रहेको ‘एकस्टेन्सन’ मा क्लिक गरेपछि नया ट्याव खुल्छ ।
४) नया ट्यावको दाहिनेपट्टि रहेको ब्राउज मा क्लिक गरेपछि फेरी अर्को ट्याव खुल्नेछ ।
५) नया ट्यावमा माथिपट्टि देव्रेपट्टि रहेको सर्चमा ‘अफलाइन गुगल मेल’ भनेर खोज्नुहोस् ।
तल चित्रमा देखिएजस्तै तपाईले चित्र देख्नुहुन्छ । त्यसमा ‘लन्च एप्लीकेशन’मा क्लिक गर्नुहोला ।
आफ्नो जिमेर युर्जरनेम र पासवर्ड लेख्ने ठाउ देखिनेछ । युजरनेम र पासवर्ड टाईप गरेर कन्टिन्यु गर्नुपर्दछ ।
आफ्नो जिमेर युर्जरनेम र पासवर्ड लेख्ने ठाउ देखिनेछ । युजरनेम र पासवर्ड टाईप गरेर कन्टिन्यु गर्नुपर्दछ ।
६) कन्टिन्यूमा क्लिक गरेपछि तलको जस्तै चित्र देख्नुहुनेछ । चित्रमा देखाइएको जस्तोमा माथिल्लो अप्सन ‘एलाउ अफलाइन मेल’ मा क्लिक गरेर फेरी कन्टिन्यु गर्नुपर्दछ ।
७) अब अफलाईन मेल एक्टीभेट भयो गुगल क्रोममा तलको चित्रजस्तै देखिनेछ । आफनो मेल देव्रेपट्टि देखिनेछ । कसैलाई मेल पठाउनुपरेको खण्डमा कम्पोज गरेर पठाउन सकिन्छ ।
यो एप्लीकेशन सुरु गर्नको लागि इन्टरनेट कनेक्शन हुनुपर्दछ । इन्टरनेटमा काम गरिरहेको समयमा कुनै समयमा इन्टरनेटको कनेक्शन नभएको खण्डमा मात्र यो एप्लीकेशनले काम गर्दछ ।
यो एप्लीकेशन सुरु गर्नको लागि इन्टरनेट कनेक्शन हुनुपर्दछ । इन्टरनेटमा काम गरिरहेको समयमा कुनै समयमा इन्टरनेटको कनेक्शन नभएको खण्डमा मात्र यो एप्लीकेशनले काम गर्दछ ।
८) इन्टरनेट ब्राउजर बन्द गरेर पुन खोलेपछि तलको जस्तै चित्र देख्न सकिन्छ । यस चित्रमा दाहिनेपट्टि रहेको अफलाइन गुगल मेलमा क्लिक गर्नुपर्दछ ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !