अहिलेको अवस्थामा नगरी नहुने कुराहरु-सावधानी
अहिलेको संवेदनशील अवस्थामा सबैले यी सावधानी अपनाउँ । स्वास्थ नै धन हो,आफू स्वस्थ रहे मात्र जीवन रहन्छ ।
१. पानी उमालेको मात्र खानुहोला , सम्भव नभएमा पियुष,क्लोरिन चक्की आदि राखेर भएपनि पानीलाई शुद्ध बनाएर सेवन गर्नुहोला ।
२. ताजा र थोरै थोरै अर्थात पच्ने गरि मात्र खाना खानुहोला ।
३. साबुनपानीले वा खरानी पानीले हात धोएर मात्र खाना खानुहोला , सम्भव भएसम्म " ह्याण्ड स्यानिटाइजर् " प्रयोग गरिरहनुहोला ।
४. खुला ठाउँमा दिसापिसाब नगर्नुहोला
५. भिडभाडमा जानुपरेमा मास्क प्रयोग गर्नुहोला ।
६. रुघा,खोकी, ज्वरो आएमा तुरुन्त उपचार गर्नुहोला साथै नियमित औषधि सेवन गर्नेहरुले औषधि सेवन बन्द नगर्नुहोला ।
७. फ्रिजमा रहेका मासु,आइसक्रिम, दुध,दहि लगायतका खाध्य पदार्थ सेवन नगरौ , ४ दिनसम्म बिजुली नभएकोले खाद्य विषाक्तता हुनसक्छ । यसको बिकल्प पाउडर दुध, गेडागुडी सेवन गरौँ ।
८ . साना बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिकहरुलाई विशेष स्याहार गर्नुहोला ।
९ . आत्मबलको विकास गरौँ , कमजोर मन भएकालाई सान्तवना र भरोसा दिने गरौँ ।
१०. बालबालिका तथा बृद्धबृद्धाहरुलाई त्रासदिपुर्ण र भ्रामक समाचार नसुनाऔं , आतंकित दृश्य नदेखाऔं ।
११. घर भत्केका तथा सर्वस्व गुमाएकाहरुलाई पुनर्स्थापना गर्न हातेमालो गरौँ ।
१२. जे जति क्षति भएको छ त्यसलाई आत्मसात गरेर मानसिक रोग लाग्न बाट बचौं र बचाऔं ।
१३. राहतको कार्यक्रम ढिलाई भएमा सकारात्मक दवाव सिर्जना गरौँ अरुको बहकाउमा नलागौँ ।
१४. भत्किन लागेका तथा धेरै चर्केका घरमा नबसौं ।
१५. विशेष काम नभएका एवं गाउँमा व्यवस्था भएकाहरु आआफ्नो गाउँमा गएर आफ्नो स्वास्थ्य रक्षा गरौँ अनि गाउँमा सामाजिक काम गरौँ ।
- डा. रवीन्द्र पाण्डे,जनस्वास्थ्य विशेष
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !