के के खाँदा हुन्छ "फुड पोईजन" ?

स्वस्थ र सन्तुलित खानपान र नियमित व्यायाम हाम्रो शरीरका लागि अपरिहार्य कृयाकपाप हुन । यिनको तालमेल नमिले हाम्रो निम्ति निकै घातक असर समेत पर्न सक्छ । अझ खानपिनमा विशेष सावधानी नअपनाउने हो भने त रोगले च्याप्ने मात्रै होईन क्षणभरमै ज्यानै जान पनि सक्छ । यस्ता घटनाको उदाहरण हामिले धेरै देखेका,सुनेका पनि छौँ । हामिले खाने कुराहरु र गर्ने कार्यहरूमा विशेष नियम र तरिका छ नियम तोडे जे पनि हुन सक्छ , यसै भन्न सकिन्न । यहाँ विशेषत: खाने कुराहरु संग जोडिएका नियमहरु उल्लेख गर्ने कोसिस गरेको छु ।
हामिले खानेकुराहरुको तालमेल नमिल्दा विष बनेर मर्न सकिन्छ । केही खानेकुरा यस्ता छन जो मिसाएर वा संगसंगै  खानै हुदैन खाएको खण्डमा विष बन्छ । जसलाई "फुड पोईजन" भन्ने गरिएको छ  यहाँ यसैको बारेमा चर्चा गरेको छु ।
१. दुधसँग दही, नून, कागती, तित्री र अन्य फल मिसाएर खानु हुँदैन । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।
२. दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै खरवुजा, काँक्रो, टमाटर, भुँइकटर तरबुजा आदि कहिल्यै पनि खानु हुँदैन ।
३. घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि लिनु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि घातक मानिन्छ ।
४. पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग खानु पनि विपरित आहार मानिन्छ ।
५. मह तातो दुधसँग कहिल्यै पनि खानु हुँदैन । तातो दुध पानी वा अन्य कुनै पनि तातो चिजसँग मह मिसाएर खानु हुँदैन मह आफैमा तताएर पनि खानु हुँदैन ।
६. मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक आहार मानिन्छ । मुला र दुध सँगै खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।
७. माछासँग दुध तथा दुधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।
८. खिर खाएपछि सातु वा सातु फिटेका पानी खानु घातक मानिन्छ ।
९. काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिककारक मानिन्छ ।
१०. तरकारी वा अन्य परिकार पकाउँदा तेल वा घ्यूमा बेसार फ्राइ गर्नु घातक हुन्छ । यस्तो बेसारले विभिन्न रोगलाई जन्म दिने खतरा हुन्छ । दही मही र जाँड रक्सी सँगै खानु हुँदैन ।
११. खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा तत्कालै ज्यान समेत जान सक्छ । यी २ खानेकुरा कहिल्यै पनि नमिसाउनु उत्तम हुन्छ ।
१२. यी उल्लेखित खानेकुरा सँगसँगै कहिल्यै पनि नखानुस् ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.