आमा !!!
आज आमाको मुख हेर्ने दिन। अङ्ग्रेजी भाषा नै चलाउन रुचाउनेहरुले आजको दिनलाई मदर्स डे पनि भन्ने गर्छन्। फेसबुक र ट्विटरतिर आज आमा, मम्मी, ममको फोटो राख्नेे लहर चलेको छ। साथीकी आमा चिन्नुहुन्न ? आज सोसल मिडिया छिरिहाल्नुस्।
जन्म दिने आमाको तुलना कसैसँग हुन सक्दैन । यो आदर्श वाक्यलाई आदर्शमा मात्रै सीमित गरेर आमाहरुलाई हुर्केका छोराहरुले गर्ने हेला हाम्रो नजरबाट लुकेको छैन। के हो यसको कारण ? कारण जिन्दगीमा अरु आमाहरु पनि हुन्छन्। तीमध्ये कसैलाई बढी महत्व दिँदा जन्म दिने आमा छायाँमा पर्न गएका हुन्छन्। १० किसिमका आमा यस्ता छन्-
१. आफ्नी आमा/जन्म दिने आमा
सबभन्दा मान्नुपर्ने आमा यिनै हुन्। बाउ बरु विश्वासको नाता हो। विज्ञानको भाषामा पुरुषको शुकाणुसँग मिलेर बच्चाको विकासको लागि अण्ड प्रदान गर्ने महिला आमा हुन्। आमाले त्यो शुक्राणु यही पुरुषको हो अर्थात् यही बाउ हो भनेपछि विश्वास गर्नुपर्छ। आजभोलि त डिएनए परीक्षणको कुरा पनि आउँछ। विश्वासको यो नाताविपरीत आमा भने आफूलाई नौ महिनासम्म कोखमा राखेर, दुःखपीडासहित हुर्काउने महान् पात्र हुन्।
२. सासू आमा
आमा त आमा नै हुन् यिनी पनि तर स्वास्नीकी। आफ्नी प्राणप्यारीलाई नौ महिना कोखमा राखेर हुर्काउने पात्र।
३. हजुरआमा (घरको)
आफूलाई जन्म दिने पितालाई नौ महिना कोखमा राखेर हुर्काउने पात्र हजुरआमा। आफ्नो छोरा अर्थात् हाम्रो पिताकै सानो रुप देखेर होला यिनले पनि हामीलाई निकै माया गर्छिन्।
४. हजुरआमा (मावलको)
आफूलाई जन्म दिने आमालाई नौ महिना कोखमा राखेर हुर्काउने पात्र। आफ्नी छोरी अर्थात् हाम्री आमाको सानो रुप देखेर होला यिनले पनि हामीलाई निकै माया गर्छिन्।
५. सानी आमा
हामीलाई जन्म दिने आमाकी बहिनी।
६. ठूली आमा
हामीलाई जन्म दिने आमाकी दिदी।
७. बडीआमा
हामीलाई जन्म दिने बुबाको भाउजु।
८. गुरुआमा
हामीलाई शिक्षा दिने।
९. सौतेनी आमा
जन्मदिने बाउले जन्मदिने आमाबाहेक अरुसित गाँसेको त्यस्तै सम्बन्धको प्रतिफल
अनि
१०.
.
.
.
.
.
.
दशौँ प्रकारकी आमा को हुन् त ?
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
धेरैले गेस गरिसक्नुभएको होला
.
.
.
.
.
.
.
.
यही पात्रले गर्दा पनि जन्मदिने आमा कहिलेकाहीँ छायाँमा पर्न जान्छिन्
.
.
.
.
.
.
.
.
.
.
.
.
यी आमा ती आमा हुन…..
.
.
.
.
.
.
.
.
यही पात्रले गर्दा पनि जन्मदिने आमा कहिलेकाहीँ छायाँमा पर्न जान्छिन्
.
.
.
.
.
.
.
.
.
.
.
.
यी आमा ती आमा हुन…..
जसलाई आफ्नो जन्म दिने आमाले भन्छिन्- ‘कुनचाहिँ तेरी आमासँग रात भर फोनमा कुरा गरेर बस्छस् हँ….?’
बाँकी कुरा आफै बुझ्नुस् ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !