भुकम्पमा परि मर्नेको संख्या ५००० नाघ्यो

१६ वैशाख, काठमाडौं । शनिबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पाँच हजार २० पुगेको ट । घाइतेको सङ्ख्या सात हजार ६२४ पुगेको विवरण प्राप्त भएको नेपाल प्रहरीले जनाएको छ ।

सबैभन्दा बढी मध्यमाञ्चलमा तीन हजार ९८ र घाइते तीन हजार ७७७ पुगेको छ । जसअनुसार सिन्धुपाल्चोकमा एक हजार ३७६, काठमाडौंमा एक हजार ३४, नुवाकोटमा ६३८, धादिङमा ३६९, रसुवामा ३०२, काभ्रेमा २७३, भक्तपुर २५३, ललितपुर १६९, दोलखामा ५४, मकवानपुरमा ३४, रामेछापमा २४, सिन्धुलीमा नौ, चितवनमा छ, बारा र पर्सामा पाँच/पाँच जना, सर्लाही, धनुषा र रौतहटमा एक/एक जनाको मृत्यु भएको छ ।

पश्चिमाञ्चलमा ४१३ को मृत्यु र एक हजार १३० जना घाइते भएका छन् । जसअनुसार गोरखामा ४०५, लमजुङमा चार, कास्कीमा दुई, नवलपरासीमा एक, तनहुँमा एक जनाको मृत्यु भएको छ ।

पूर्वाञ्चलमा भूकम्पका कारण ५१ को मृत्यु र २५८ जना घाइते भएका छन् । जसअनुसार सोलुखुम्बुमा २२, ओखलढुङ्गामा १७, सुनसरीमा सात, भोजपुरमा दुई, मोरङमा दुई र ताप्लेजुङ¬मा एक जनाको मृत्यु भएको छ ।

मध्यपश्चिम क्षेत्रमा रोल्पा र रुकुममा एक/एक गरी दुईको मृत्यु र २१ घाइते भएका छन् ।  सुदूरपश्चिममा भने भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन । रासस

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.