नेपालको भुकम्पमा भारतको दु:ख,उद्दार र सहयोग गर्ने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको विनाशकारी भुकम्पबाट आफू दुःखित रहेको बताउँदै नेपाल सरकार र नेपाली जनतालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।
बैंककमा रहेका नेपालका प्रधानमन्त्रीसँग कुरा गर्दै दुःखमा मिलेर काम गर्ने समेत बताएका हुन् ।
मोदीले राष्टपति डा. रामवरण यादवलाई फोन गरेर भुँइचालोको बारेमा जानकारी लिँदै सहयोग गर्ने बताएका छन् । यसैबीच भारतीय वायु सेनाको जहाज ठूलो परिणाममा कम्बल र टेण्डसहित काठमाडौं आउने बताइएको छ ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !