युएईमा आदिवासी जनजाती महोत्सव हुने
विगत ८ वर्ष देखि युएईमा आफ्नो सांस्कृतिक परम्परा र सम्पदाको संरक्षण , प्रवर्द्धनमा कृयाशिल आदिवासी जनजाति महासंघ युएईले आगामी मे १ तारिख दुबईमा भव्य आदिवासी जनजाति महोत्सवको आयोजना गर्ने भएको छ ।
दुबई स्थित जाविल पार्कमा आयोजना गरिने महोत्सवमा युएईमा कृयाशिल विभिन्न १० जातिय संस्थाले आ-आफ्नो मौलिक परम्परा,संस्कृति,भेषभुसा र खाद्य परिकारको प्रदर्शन गर्ने आयोजक आदिवासी जनजाति महासंघ युएई का अध्यक्ष डोरराज गुरुङले बताए । आधुनिकता संगै संकटमा पर्दै गएको आदिवासी जनजातीका सांस्कृतीलाई संरक्षण र प्रवर्द्धन गर्नका निम्ति प्रवासबाटै भएपनी पहल गरिएको गुरुङले जानकारी दिए ।
महोत्सवमा राई,लिम्बू,गुरुङ,नेवार,थारु,माझी,नेवार,शेर्पा,भुजेल र तामाङ जातिका परम्परागत धर्म-संस्कृति र झाँकिको प्रदर्शन गरिने महोत्सव आयोजक समितिका संयोजक एवं महासंघका उपाध्यक्ष चन्द्र शारु मगरले बताए । महोत्सवमा साकेला,सोरठी,च्याब्रुङ,सालैजो,तामाङ सेलो,लाखे आदि सांस्कृतिक नृत्यहरु समेत प्रदर्शन गरिने उनले जानकारी दिए । महोत्सवमा युएईको दुबई,अबुधाबी,अलएन,फुजेरा,रस एल खेमा लगायतका राज्यहरुबाट नेपाली सहभागी हुने मगरले बताए । साथै उनले युएई भरी छरिएर रहेका सम्पुर्ण नेपालीलाई महोत्सवमा उपस्थित जनाई सफल पारिदिन आग्रह समेत गरेका छन ।
स्मरण रहोस २००७ सालमा केही सिमीत व्यक्तिबाट गठन गरिएको आदिवासी जनजाती महासंघ युएई शाखाले आपत विपतमा परेका नेपालीहरुको उद्दार र सहयोग गर्दै आएको छ भने,आफ्नो संजाल समेत बढाएर युएईमा आदिवासी जनजाती को पक्षमा थुप्रै सामाजिक कार्यहरु संचालन गरिसकेको छ ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !